बैंक तथा वित्त समूह नै अग्रस्थानमा
काठमाडौँ । धितोपत्र बजारमा यस साता बैंक तथा वित्तीय संस्थाको शेयर नै बढी कारोवार भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी शेयर कारोवार भएको छ । सो बैंकको ७११ कित्ता शेयर खरीद बिक्री भएका छन् ।
दोस्रोमा एनएमबी बैंकको ६१२ कित्ता, प्राइम बैंकको ५६०, सनराइज बैंकको ४९५ कित्ता शेयर कारोवार भएका छन् ।
यस्तै नेपाल क्रेडिट एउण्ड कर्मस बैंकको ४४९, प्रभु बैंकको ४३३, ग्लोबल आइएमइ बैंकको ३८४, जलविद्युत् लगानी तथा विकास कम्पनीको २५८, लुम्बिनी विकास बैंकको २५६ र नेपाल इन्भेस्टमेन्ट बैंकको २३९ कित्ता शेयर खरीद बिक्री भएका छन् ।
स्टकमा यस साता विभिन्न चार कम्पनीको बोनस शेयर सूचीकृत भएका छन् । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको चार लाख २९ हजार कित्ता बोनस शेयर सूचीकृत भएका छन् । यस्तै जनउत्थान लघुवित्त वित्तीय संस्थाको ४८ हजार कित्ता, ओरियन्ट होटलको १४ लाख एक हजार ३५४ र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको दुई लाख ४४ हजार ९९५ कित्ता बोनस शेयरसमेत सूचीकृत भएका छन् ।
यस्तै बजार पूँजीकरणका आधारमा नेपाल टेलिकम नै अग्रस्थानमा छ । सो कम्पनीको रु एक अर्ब १९ अर्ब ५५ करोड बराबरको बजार पूँजीकरण रहेको छ । यस्तै दोस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक छ ।
सो बैंकको रु ७१ अर्ब ७२ करोड ७९ लाख बराबरको बजार पूँजीकरण रहेको छ । तेस्रोमा नवील बैंक, चौथोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, पाँचौँमा स्ट्याण्र्डड चार्टड बैंक, छैटौँमा एभरेष्ट बैंक रहेको छ ।
स्टकका अनुसार गत साताको कारोवारका आधारमा सातौँमा हिमालयन बैंक, आठौँमा एनआइसी एशिया बैंक, नवौँमा नेपाल एसबिआइ बैंक र दशौँमा एनएमबी बैंक रहेको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












