पशु चिकित्सा पढाउने सबै क्याम्पस अयोग्य
चितवन । नेपालमा पशु चिकित्सा तथा पशुपालन शास्त्र (भेटेरिनरी) पढाउने सबै विश्वविद्यालयका क्याम्पसहरूले मापदण्ड पूरा गर्न नसकेपछि भर्ना लिन पाएका छैनन् । नेपाल पशु चिकित्सा परिषद्ले मापदण्ड पूरा गर्न नसकेपछि ती क्याम्पसको भर्नामा रोक लगाएको हो ।
त्रिभुवन विश्वविद्यालयको आफ्नै आङ्गिक क्याम्पस पक्लिहवा, कपिलवस्तु, कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुर, चितवन र पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएको नेपाल पोलिटेक्निक इन्स्टिच्यूट भरतपुर र हिमालयन कलेज अफ एग्रिकल्चर साइन्सेज एण्ड टेक्नोलोजी (हिकास्ट) काठमाण्डौँले मापदण्ड पूरा गर्न नसकेपछि भर्ना लिन पाएका छैनन् ।
नेपालमा यी तीन विश्वविद्यालयअन्तर्गत मात्रै पशु चिकित्सा पढाइ हुँ्दै आएको छ । हालसम्म पनि मापदण्ड पूरा नगरी अध्ययन अध्यापन हुँदै आएको थियो । परिषद्का रजिष्ट्रार डा. नारायण घिमिरेले भौतिक संरचना, जनशक्ति, विषयगत विशेषज्ञ, प्रयोगशाला मापदण्ड अनुसार कुनै पनि क्याम्पसको मापदण्ड पूरा नभएपछि भर्नामा रोक लगाइएको बताउनुभयो ।
सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न जुन सीप सिक्ने हो त्यसको व्यावहारिक कक्षालाई प्रयोगशाला चाहिने भए पनि क्याम्पसहरूले त्यो पूरा गर्न सकेका छैनन् । परिषद्ले निर्धारण गरेको पाठ्यक्रमअनुसारको प्रयोगशाला कस्तो हुने भन्नेबारेमा सम्बन्धित क्याम्पसहरूलाई तोकिएको घिमिरेले बताउनुभयो ।
उहाँले भन्नुभयो “विगतमा गर्छाैँ–गर्छाैँ भन्दै आएको भए पनि सरकारी वा निजी कुनै पनि क्याम्पसले मापदण्ड पूरा नगरेपछि भर्ना रोकेका हौँ ।” मापदण्ड पूरा नगर्नेले अब भर्ना लिन नपाउनेले उहाँको भनाइ थियो ।
परिषद्का उपाध्यक्ष एवं शिक्षा समितिका संयोजक डा. सुविस सिंहले परिषद्ले २०६२ सालमा जारी गरेको निर्देशिकाको मापदण्ड पूरा गरेर मात्रै भर्ना प्रक्रिया अगाडि बढाउन पत्राचार गरिएको बताउनुभयो । शिक्षा मन्त्रालयले पनि सो विषयमा परिपत्र गरेको भन्दै उहाँले गुणस्तरीय जनशक्ति उत्पादनका लागि आवश्यक भौतिक पूर्वाधार, जनशक्ति र प्रयोगशाला हुनै पर्ने बताउनुभयो ।
भर्ना लिन नपाएको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपकुलपति र भेटेरिनरी सङ्कायका डिन दुवै जना परिषद्का पूर्व पदाधिकारी एवं सदस्य हुनुहुन्छ । सो विश्वविद्यालयको भेटेरिनरी सङ्कायका डिन डा. शारदा थपलियाले बजेटको अभावमा आवश्यक प्रयोगशाला र पशु व्यवस्थित गर्न नसकिएको बताउनुभयो । उहाँले एनाटोमी जस्ता विषयको प्राध्यापक नेपालमा पाउन नसकिएका कारण मापदण्ड पूरा गर्न कठिन भएको बताउनुभयो । यद्यपि सीमित स्रोत साधनबाट तोकिएको मापदण्ड पूरा गर्न लागिपरेको उहाँले बताउनुभयो ।
उहाँले शिक्षा मन्त्रालयसँग पूरै मापदण्ड पूरा गरी व्यवस्थित गर्न रु. दुई अर्ब ५० करोड रकम माग गरेको जानकारी दिनुभयो ।
निजीतर्फ पशु चिकित्सा पढाइरहेको नेपाल पोलिटेक्निक इन्स्टिच्यूट भरतपुरका प्रिन्सिपल ई. बाबुराम उपाध्यायले परिषद्ले तोकेको मापदण्ड पूरा गर्न काम भइरहेको बताउनुभयो । परिषद्मा हालसम्म एक हजार १०८ पशु चिकित्सक दर्ता भएका छन् । तिनीहरू नेपालका चार क्याम्पस र विदेशी क्याम्पसहरूबाट उत्तीर्ण भएका हुन् ।
परिषद्ले एउटा क्याम्पसलाई ४० जना विद्यार्थी पढाउने स्वीकृत दिए पनि अन्य विभिन्न नामको कोटाबाट प्रत्येक क्याम्पसले त्योभन्दा बढी विद्यार्थी पढाउँदै आएका छन् ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












