सुशासनको नारा दिएको सरकारको बेरुजु साढे ५३ अर्ब
काठमाडौं । डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएकोदेखि पाँच न्यायाधीश कारबाहीमा परेकोसम्मका खबरले आजका दैनिक पत्रिकाहरु रंगिएका छन् । त्यस्तै, आठ वर्षमा दोब्बर कलेजलाई सम्बन्धन दिइएको, संघीय सरकारको बेरुजु साढे ५३ अर्ब पुगेकोलगायतका खबरले पनि आजका पत्रपत्रिकाहरुमा स्थान पाएका छन् । सरकारले रेल इन्जिन किन्ने निर्णय गरेकोसम्बन्धी खबर पनि आजका पत्रपत्रिकाहरुमा पढ्न सकिन्छ । पर्वतमा भएको बस दुर्घटनाको खबरलाई पनि आजका दैनिक पत्रिकाहरुले नछुटाइकन छापेका छन् ।
नागरिक दैनिकले संघीय सरकारको हिसाब प्रस्तुत गरेको छ । सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन पहिलो प्राथमिकतामा रहेको बताए पनि गत आर्थिक वर्षमा संघीय सरकारको बेरुजु साढे ५३ अर्ब रुपैयाँ देखिएको नागरिकको समाचारमा उल्लेख छ । प्रदेश र स्थानीय सरकारको बेरुजु अझै योभन्दा धेरै छ ।
सरकारको आन्तरिक लेखा परीक्षण गर्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार, गत आ.वमा संघीय सरकारले १० खर्ब ८४ अर्ब ६८ करोड रुपैयाँ खर्च गर्दा ५३ अर्ब ५८ करोड रुपैयाँ बेरुजु देखिएको छ । यो रकम कूल खर्चको करिब ५ प्रतिशत हो ।
सीजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन गर्न दिन यसअघि सर्वोच्च अदालतको एकल इजलासलबाट भउको अन्तरिम आदेशलाई संयुक्त इजलासले बदर गरेकोलाई पनि नागरिकले प्राथमिकतापूर्वक पहिलो पृष्ठमा छापेको छ ।
नेपालीले स्वीस बैंकमा गरेको बचत र विदेशमा गरेको शंकास्पद लगानीको विषय प्रधानमन्त्री कार्यालयकै कार्यक्षेत्रमा पर्ने अर्थ मन्त्रालयको भनाइलाई कान्तिपुरले मुख्य समाचार बनाएको छ । त्यस्तै, पाँच न्यायाधीश कारबाहीमा गरेको खबर पनि कान्तिपुरको पहिलो पृष्ठमा छ ।
पर्वत बस दुर्घटनाको तस्वीर छापेको अन्नपूर्णले सुनकाण्डका पाँच न्यायाधीश जिम्मेवारीमुक्त भएको लेखेको छ । डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएकोदेखि मर्यादाक्रममा लोकसेवा आयोगले असन्तुष्टि जनाएकोसम्मका खबर अन्नपूर्णको पहिलो पृष्ठमा समेटिएका छन् ।
नयाँ पत्रिकाले अन्य पत्रिकाहरुको भन्दा भिन्न विषय कलेजलाई दिइएको सम्बन्धनबारे खोजीनीति गरेको छ । समाचार अनुसार, आठ वर्षमा दोब्बर कलेजलाई सम्बन्धन दिइएको छ । सम्बन्धन वृद्धिदर खतरनाक रहेको समाचारको सार छ ।
चोभारमा प्रधानमन्त्रीले गरेको सुख्खा बन्दरगाहको शिलान्यासलाई गोरखापत्रले मुख्य समाचार बनाएको छ । त्यस्तै, पानीजहाज सञ्चालनको औपचारिक प्रक्रिया सुरु भएको, बस दुर्घटनामा ७ जनाले ज्यान गुमाएकोलाई पनि गोरखापत्रले पहिलो पृष्ठमा छापेको छ ।
राजधानीले नर्सिङ पढाइप्रति पुरुष आकर्षित नभएको लेखेको छ भने कारोबारमा सवारी दर्ता अञ्चलककै नाममा हुने खबर छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












