सुशासनको नारा दिएको सरकारको बेरुजु साढे ५३ अर्ब
काठमाडौं । डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएकोदेखि पाँच न्यायाधीश कारबाहीमा परेकोसम्मका खबरले आजका दैनिक पत्रिकाहरु रंगिएका छन् । त्यस्तै, आठ वर्षमा दोब्बर कलेजलाई सम्बन्धन दिइएको, संघीय सरकारको बेरुजु साढे ५३ अर्ब पुगेकोलगायतका खबरले पनि आजका पत्रपत्रिकाहरुमा स्थान पाएका छन् । सरकारले रेल इन्जिन किन्ने निर्णय गरेकोसम्बन्धी खबर पनि आजका पत्रपत्रिकाहरुमा पढ्न सकिन्छ । पर्वतमा भएको बस दुर्घटनाको खबरलाई पनि आजका दैनिक पत्रिकाहरुले नछुटाइकन छापेका छन् ।
नागरिक दैनिकले संघीय सरकारको हिसाब प्रस्तुत गरेको छ । सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन पहिलो प्राथमिकतामा रहेको बताए पनि गत आर्थिक वर्षमा संघीय सरकारको बेरुजु साढे ५३ अर्ब रुपैयाँ देखिएको नागरिकको समाचारमा उल्लेख छ । प्रदेश र स्थानीय सरकारको बेरुजु अझै योभन्दा धेरै छ ।
सरकारको आन्तरिक लेखा परीक्षण गर्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार, गत आ.वमा संघीय सरकारले १० खर्ब ८४ अर्ब ६८ करोड रुपैयाँ खर्च गर्दा ५३ अर्ब ५८ करोड रुपैयाँ बेरुजु देखिएको छ । यो रकम कूल खर्चको करिब ५ प्रतिशत हो ।
सीजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन गर्न दिन यसअघि सर्वोच्च अदालतको एकल इजलासलबाट भउको अन्तरिम आदेशलाई संयुक्त इजलासले बदर गरेकोलाई पनि नागरिकले प्राथमिकतापूर्वक पहिलो पृष्ठमा छापेको छ ।
नेपालीले स्वीस बैंकमा गरेको बचत र विदेशमा गरेको शंकास्पद लगानीको विषय प्रधानमन्त्री कार्यालयकै कार्यक्षेत्रमा पर्ने अर्थ मन्त्रालयको भनाइलाई कान्तिपुरले मुख्य समाचार बनाएको छ । त्यस्तै, पाँच न्यायाधीश कारबाहीमा गरेको खबर पनि कान्तिपुरको पहिलो पृष्ठमा छ ।
पर्वत बस दुर्घटनाको तस्वीर छापेको अन्नपूर्णले सुनकाण्डका पाँच न्यायाधीश जिम्मेवारीमुक्त भएको लेखेको छ । डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएकोदेखि मर्यादाक्रममा लोकसेवा आयोगले असन्तुष्टि जनाएकोसम्मका खबर अन्नपूर्णको पहिलो पृष्ठमा समेटिएका छन् ।
नयाँ पत्रिकाले अन्य पत्रिकाहरुको भन्दा भिन्न विषय कलेजलाई दिइएको सम्बन्धनबारे खोजीनीति गरेको छ । समाचार अनुसार, आठ वर्षमा दोब्बर कलेजलाई सम्बन्धन दिइएको छ । सम्बन्धन वृद्धिदर खतरनाक रहेको समाचारको सार छ ।
चोभारमा प्रधानमन्त्रीले गरेको सुख्खा बन्दरगाहको शिलान्यासलाई गोरखापत्रले मुख्य समाचार बनाएको छ । त्यस्तै, पानीजहाज सञ्चालनको औपचारिक प्रक्रिया सुरु भएको, बस दुर्घटनामा ७ जनाले ज्यान गुमाएकोलाई पनि गोरखापत्रले पहिलो पृष्ठमा छापेको छ ।
राजधानीले नर्सिङ पढाइप्रति पुरुष आकर्षित नभएको लेखेको छ भने कारोबारमा सवारी दर्ता अञ्चलककै नाममा हुने खबर छ ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












