शेयर बजार : दोहोरो अङ्कले घट्यो
धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०.९३ विन्दुमा झरेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३१ विन्दुले घटेर २४६.३५ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६३ कम्पनीको १० लाख ७९ हजार ५८० कित्ता शेयर रु ३० करोड ३० लाख ३६ हजार ८८८ मूल्यमा खरीद बिक्री भए ।
स्टकका अनुसार आज कारोवार भएका दश उपसमूहमध्ये अधिकांश उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ८.९, होटल ११.७१, विकास बैंक ११.७९, जलविद्युत् १९.८४, वित्त ०.७२, निर्जीवन बीमा १०८.२१, उत्पादन २१.६४, अन्य ६.६४, लघुवित्त १३.२८ र जीवन बीमा ७१.४३ अङ्कले घटेको छ ।
घटेको बजारमा समता माइक्रोफाइनान्स वित्तीय संस्था, कन्काई विकास बैंक, साुमदायिक लघुवित्त वित्तीय संस्था, युनाइटेड फाइनान्स, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले बढी कमाएका छन् । यस्तै छ्याङदी हाइड्रोपावर, जनता बैंक नेपालका संस्थापक शेयर, एनएलजी इन्स्योरेन्स, बरुण हाइड्रो पावर, रिलायन्स फाइनान्स, नेशनल हाइड्रो पावर कम्पनीका शेयरधनीले बढी गुमाएका छन् ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












