शेयर बजार आठ विन्दुले घट्यो
काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आठ दशमलव २१ विन्दुले घटेर एक हजार ११२ दशमलव ८७ विन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५२ विन्दुले घटेर २३६ दशमलव ९२ विन्दुमा झरेको छ । स्टकका अनुसार आज कूल १६४ कम्पनीको ८० लाख ९५ हजार ७२ कित्ता शेयर रु दुई अर्ब १६ करोड ६५ लाख ६ हजार ४८२ मूल्यमा खरीद बिक्री भए ।
अधिकांश कम्पनीको शेयर ओरालो लाग्दा त्यसको प्रभाव उपसमूहमा समेत परेको छ । बैंकिङ पाँच दशमलव ६८, होटल २७ दशमलव शून्य चार, विकास बैंक चार दशमलव ५४, जलविद्युत् आठ दशमलव ७८, वित्त दुई दशमलव १३, निर्जीवन बीमा ७० दशमलव १७, उत्पादन १८ दशमलव ७१, अन्य सात दशमलव ५१, लघुवित्त १५ दशमलव ३४ र जीवन बीमा २९ दशमलव ३५ प्रतिशत विन्दुले घटेको छ ।
घटेको बजारमा एभरेष्ट बैंक नेपालको रु एक अर्ब ९१ करोड बराबरको संस्थापक शेयर बिक्री भएपछि बजारमा कारोवार रकम बढी देखिएको स्टकले जनाएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












