ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता
काठमाडौँ । चालू आर्थिक वर्षको सात महीनाको अवधिमा रु ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४०४ बराबरको लगानी ऊर्जा क्षेत्रमा भित्र्याउने लक्ष्यका साथ केही उद्योग दर्ता भएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागमा त्यस्ता ११ उद्योग दर्ता भएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ । ती उद्योगमध्ये तीन उद्योग सौर्य ऊर्जासँग सम्बन्धित भएका र तीनको क्षमता १७ दशमलव पाँच मेगावाट छन् । यस्तै जलविद्युत्तर्फ आठ प्रवद्र्धक कम्पनीले उद्योग दर्ता गराएका छन् ।
कूल ३३३ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ उद्योग दर्ता भएको विभागको विवरणमा समावेश छ । ती आयोजनाबाट प्रत्यक्ष रुपमा ४३४ जनाले रोजगारी पाउने छन् । विभागमा दर्ता भएका अधिकांश उद्योग स्वदेशी लगानीमा नै आधारित भएपनि एउटामा भने चिनियाँ कम्पनीको लगानी हुने बताइएको छ । कूल २३५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि भन्दै ‘सिचुवान वाइपिङ इनर्जी साइन्स एण्ड टेक्नोलोजी प्रालि’ नामक ऊर्जा कम्पनी दर्ता भएको हो । सोे आयोजनामा रु ४५ अर्ब लगानी रहनेछ ।
यस्तै कास्की जिल्लामा आयोजनास्थल रहने गरी सिटिजन हाइड्रो प्रालि दर्ता भएको छ । कूल छ दशमलव छ मेगावाट क्षमताको सो आयोजनाको लागत रु एक अर्ब दुई करोड ६१ लाख १७ हजार ८११ रहनेछ । सो आयोजनाले २१ जनालाई रोजगारी उपलब्ध गराउने जनाएको छ ।
बाग्लुङ जिल्लामा पहाडी हाइड्रोपावर कम्पनीले तीन दशमलव पाँच मेगावाट क्षमताको आयोजना स्थापनाका लागि निवेदन दर्ता गरेको छ । सो आयोजनाको लागत रु ६२ करोड ५६ लाख ३३ हजार बराबरको रहने जनाइएको छ ।
माइखोला हाइड्रोको नाममा तीन मेगावाट क्षमताको आयोजना निर्माण गर्ने लक्ष्यका साथ उद्योग दर्ता भएको छ । सो आयोजनाको लागत रु ५५ करोड ५८ लाख ९० हजार ४८६ रहने गरी विभागमा दर्ता भएको हो ।
उद्यमी ज्ञानेन्द्रलाल प्रधानले धादिङको आँखु खोलामा आँखु खोला जलविद्युत् आयोजना निर्माण गर्ने गरी उद्योग दर्ता गर्नुभएको छ । सो आयोजनाको लागत रु छ अर्ब ३० करोड ९६ लाख ४२ हजार ३२३ रहनेछ । कूल ४२ दशमलव पाँच मेगावाट क्षमताको सो आयोजनाले ७० जनालाई रोजगारी दिनेछ ।
यस्तै २० मेगावाट क्षमताको दोलखा जिल्लामा आयोजनास्थल रहने हिम पर्वत हाइड्रोपावर कम्पनी विभागमा दर्ता भएको छ । आयोजनाको कूल लागत रु तीन अर्ब २९ करोड छ । आयोजनाले ५२ जनालाई रोजगारी दिनेछ ।
यस्तै आइएमइ समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले म्याग्दीमा आयोजनास्थल रहने गरी हाइड्रो सपोर्ट प्रालि दर्ता गराउनुभएको छ । सो आयोजनाको क्षमता ५३ दशमलव ५३ मेगावाटको छ । आयोजनाको लागत रु १० अर्ब ९५ करोड १३ लाख १० हजार रहेको छ ।
सो आयोजनाले ५१ जनालाई रोजगारी दिनेछ । यस्तै पाँच मेगावाट क्षमताको आयोजना निर्माण गर्ने लक्ष्यसहित शिखर हाइड्रोपावर कम्पनी दर्ता भएको छ । आयोजनाको लागत रु ९० करोड छ लाखको छ ।
सौर्य ऊर्जा उत्पादन गर्ने गरी तीन नयाँ कम्पनीले विभागबाट स्वीकृति लिएका छन् । तनहुँमा आयोजनास्थल रहने गरी सोलार फर्म प्रालिले पाँच मेगावाट क्षमताको आयोजना निर्माण गर्ने भएको छ । विभागबाट अनुमति लिएको प्रवद्र्धक कम्पनीले रु ५० करोड लगानी गर्नेछ ।
यस्तै रिडी हाइड्रोपावरले रुपन्देहीको तिलोत्तमामा आठ दशमलव पाँच मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन गर्नेछ । आयोजनाको लागत रु ६५ करोड ४६ लाख ६२ हजार ५०० छ ।
यस्तै अपि पावर कम्पनीले रौतहटको चन्द्रपुर– ५ मा चार मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने भएको छ । सो आयोजनाको लागत रु ३२ करोड १२ लाख ४० हजारको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












