बचत कर्ताको रकम फिर्ता नगर्ने सहकारी कार्वाहीमा
काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई कार्वाही शुरु गरेको छ । कामपाले विगत दुई हप्तादेखि सबै सहकारीमा अनुगमन गरी नियम उल्लङ्घन गर्ने र बचतकर्तालाई ठगी गर्ने सहकारीलाई कार्वाही अघि बढाएको हो ।
कामपाका सहकारी विभाग प्रमुख नबराज ढकालका अनुसार अनुगमनका क्रममा अहिले सम्म १५ सहकारी कार्वाहीमा परेका छन् । ती सहकारीलाई कार्वाहीस्वरुप बचतकर्ताको रकम फिर्ता गर्न लिखित सहमति गरी समय तोकिएको छ ।
लिखित सहमति गर्दा पनि रकम फिर्ता नगर्ने सहकारीका विवरणसहित प्रहरीसमक्ष उजुरी गरी थप कार्वाहीका लागि प्रक्रिया अघि बढाइएको प्रमुख ढकालले जानकारी गराए ।
न्युरोड, पुतलिसडक र बानेश्वर क्षेत्रका कम पूँजी भएका सहकारीले पनि बचतकर्ताको रकम फिर्ता नगरेको पाइएको पनि उनको भनाइ थियो । न्युनमत रु १० हजारदेखि रु एक करोडसम्म बचतकर्ताको रकम फिर्ता नगरेको अनुगमनको क्रममा पाइएको पनि विभागले जनाएको छ ।
कामपामा रहेका सहकारी धेरैले विवरण समेत नबुझाएकाले अनुगमन गरी कानूनी प्रक्रियामा शुरु गरिएको हो । हाल कामपा भित्र एक हजार ८५६ सहकारी संस्था छन् ।
पहिलो छ महीनामा सहकारी संस्थालाई वार्षिक साधारणसभा समयमै गर्न र विवरण अद्यावधिक गर्न सूचित गरिएको र विभिन्न सूचनामार्फत सहकारी, कानून, प्रचलित मूल्य–मान्यता र सिद्धान्तलाई कार्यान्वयन गर्न पटक÷पटक सूचना समेत सार्वजनिक गरे पनि धेरैले अझै विवरणसमेत बुझाएका छैनन् । कामपाअन्तर्गतका सहकारीमध्ये ४८० सहकारीले मात्र विवरण बुझाएका छन् ।
प्रमुख ढकालका अनुसार २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेज गरी सम्बन्धित स्थानीय तहले सहकारीलाई नियमन गर्नुपर्ने कानुनी व्यवस्थाअनुरुप कामपाले आफ्ना क्षेत्रभित्रका सहकारीलाई अनुगमन गरी कानूनी दायरामा ल्याउन थालेको हो ।
अनुगमनका क्रममा सहकारीका पाँच वर्षसम्मका सबै हिसाबकिताब हेरिनाका साथै आवश्यकताअनुसार निर्देशन दिने, सुधार नभए सञ्चालकलाई कार्वाही गर्ने र सहकारी खारेजीसम्मको कदम चालिने विभागको योजना छ ।
‘सहकारी संस्था ठगी गर्ने संस्था हो र बचत फिर्ता दिन सक्दैन’ भन्ने जुन छाप परेको छ त्यसलाई चिर्न प्रभावकारी अनुगमन गरिएको हो, उहाँले भन्नुभयो ।
अनुगमनकै क्रममा साना सहकारीलाई एकीकृत गरी भएका सहकारी सङ्ख्या घटाएर ७०० बनाउने तयारी पनि कामपाको छ । मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेकाले समस्या भएको र तिनको सही व्यवस्थापन गर्न एकीकृत प्रणालीअनुरुप जान लागिएको हो ।
एक हजार ८५६ सहकारीलाई घटाएर ७०० बनाउने कामपाको लक्ष्य रहेको जनाइएको छ । सहकारी ऐन २०७४ र कामपाको सहकारी ऐन २०७४ अनुरुप कानूनीरुपमा नै एकीकृत गर्न सकिने व्यवस्था छ । सहकारीलाई एक बनाउन दुई सहकारी एकअर्कामा एकीकृत हुन तयार रहनुपर्छ ।
कामपाका सहकारीमध्ये सबैभन्दा बढी बचत तथा ऋण सहकारी एक हजार ६४४, बहुद्देश्यीय १५६ र विषयगतअन्तर्गत उपभोक्ता, दुग्ध, कृषि, शिक्षा, सञ्चारलगायत सहकारी छन् । सर्वसाधारण ठगी गरेको भन्दै सहकारी विरुद्ध ६० मुद्दा परेकामा ३५ को फछ्र्योट भइसकेको विभागले जनाएको छ ।
निर्देशन पालना नगरे कामपाको सहकारी ऐनअनुरुप कारवाहीको प्रक्रिया अघि बढाइने प्रमुख ढकालले बताउनुभयो । हाल कामपामा रहेका सबै सहकारी काठमाडौँ महानगरपालिका सहकारी ऐन २०७४ अनुसार सञ्चालन गरिनुपर्नेछ ।
कामपाका सहकारीमा करीब दुई लाख सदस्य जस्मा आठ हजारले रोजगारी पाएका छन् । सबै सहकारीबाट करीब रु सात अर्ब शेयर, करीब रु ५२ अर्ब बचत परिचालन र रु ४१ अर्ब बराबरको ऋण प्रवाह भएको छ ।
सबै सहकारीलाई दैनिकरुपमा अनलाइनमार्फत आफ्नो जानकारी गराउन पनि कामपाले निर्देशन दिएको छ । आफ्नो सहकारी दैनिकरुपमा कति आर्थिक कारोवार गर्दछ, लगानी र सङ्कलन भएको कति भन्ने विषयमा दैनिक जानकारी गराउनुपर्ने छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












