सत्ताधारी दलको राहत रकममा कांग्रेसको चुनाैती, गर्यो यस्तो निर्णय
काठमाण्डौ । आँधिहुरी प्रभावितलाई राहतका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले एक दिनको पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेका छन ।
त्यस लगत्तै नेपाली कांग्रेसका सांसदले समेत दुई दिनको तलब बराबरको रकम पीडितलाई गिने घोषणा गरेपछि भने पीडामाथिको राजनीति भन्दै विरोध सुरु भएको छ ।
नेकपा सदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका सबै सांसदको एक दिनको तलब राहत कोषमा जम्मा गरिने व्यवस्था मिलाउन उपनेता सुवास नेम्वाङलाई निर्देशन दिएका छन ।
संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा नेकपाका १ सय ७० जना सांसद रहेका छन् भने राष्ट्रियसभामा ३७ जना छन ।
सांसदको पारिश्रमिक र सेवा सर्तसम्बन्धि ऐन अनुसार संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदले मासिक ५५ हजार २ सय ३० रुपैयाँ तलब पाउँछन् । यस अनुसार एक जना सांसदले एक दिन बराबर १ हजार ८ सय ४० रुपैयाँ पाउँछन् ।
एक दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भनेपछि राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनमा प्रतिनिधित्व गर्ने २ सय ७ जना सांसदबाट तीन लाख ८० हजार ८ सय ८० जम्मा हुन्छ ।
यो रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेर प्रभावितहरुको उद्धारमा लगाइने छ ।
त्यस्तै नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदले दुई दिनको तलब हावाहुरी प्रभावितलाई राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा नेकपाका ६३ जना सांसद रहेका छन् भने राष्ट्रियसभामा १३ जना छन ।
दुई दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भनेपछि राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनमा प्रतिनिधित्व गर्ने ७६ जना सांसदबाट दुई लाख ७९ हजार ६ सय ८० जम्मा हुन्छ ।
नेकपाका सांसदले एक दिनको तलब पीडितका लागि दिने घोषणा गरेपछि कांग्रेसले दुई दिनको दिने भन्दै गरेको घोषणालाई राजनीतिक विशलेषक तथा मधेस जानकारहरुले राजनीति गर्न खोजिएको आरोप लगाएका छन् ।
यद्यपी राहत स्वरुप दिने भनिएको रकमले पीडितको निम्ति प्रयोग हुन सकेमा यसलाई अन्यथा सोच्न नहुने कतिपयको टिप्पणी छ ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











