केराबारी–काठमाडौं फाउण्डेसनको प्रथम साधारणसभा सम्पन्न, २५ सदस्यीय कार्यसमिति चयन
काठमाडौं । केराबारी–काठमाडौं फाउण्डेसनले प्रथम वार्षिक साधारणसभा राजधानीमा गरेको छ । फाउण्डेसनले ‘मिलनको चाहाना, सहयोगको भावना ’भन्ने मुल नाराका साथ साधारणसभा गरेको हो ।
सांसद घनश्याम खतिवडाले फाउण्डेसनले गर्ने सामाजिक कार्यमा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यसैगरी संस्थापक अध्यक्ष हेम सागर नेपालले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । फाउण्डेसनको आर्थिक आयव्ययको विवरण संस्थापक कोषाध्यक्ष ममिता सापकोटाले प्रस्तुत गरेकी थिइन् ।
पत्रकार अरुण बराल, मानवअधिकार कर्मी बिदुर सुवेदी र संस्थाकी प्रमुख सल्लाहकार दिव्यादेवी बस्नेत लगायतले फाउण्डेसनको नारा ‘मिलनको चाहाना, सहयोगको भावना’ भावलाई आत्मासात गर्दै अगाडी बढ्नुपर्ने बताए । उनीहरूले आगामी दिनमा केराबारी गाउँपालिकालाई जोड्ने साझा चौतारीको रूपमा संस्था स्थापित हुने बताए ।
साधारणसभाले फाउण्डेसनका संस्थापक अध्यक्ष हेमसागर नेपालको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । प्रथम उपाध्यक्ष अशोक कुमार दाहाल, द्वितिय उपाध्यक्ष लक्ष्मी भण्डारी थापा, महासचिव तारा मिवक लिम्बू, सचिव अम्बर सिंह लिम्बू, सचिव समन सिंह बस्नेत, सहसचिव पूर्णबहादुर लिम्बू, कोषाध्यक्ष ममिता सापकोटा, सहकोषाध्यक्ष गिता थापा पदाधिकारीमा छन् ।
सदस्यमा सुमन कुमार श्रेष्ठ, सदस्य झलक बहादुर भण्डारी, सदस्य धन कुमार लिम्बू, सदस्य शिव शक्ति न्यौपाने,सदस्य सन्ध्या मगर, सदस्य कमला अधिकारी, सदस्य अरुण बराल गरी २२ जना छन् । बाँकी ३ जना थप गरी कार्यसमितिलाई पूर्णता दिइने छ । साथै पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












