केराबारी–काठमाडौं फाउण्डेसनको प्रथम साधारणसभा सम्पन्न, २५ सदस्यीय कार्यसमिति चयन
काठमाडौं । केराबारी–काठमाडौं फाउण्डेसनले प्रथम वार्षिक साधारणसभा राजधानीमा गरेको छ । फाउण्डेसनले ‘मिलनको चाहाना, सहयोगको भावना ’भन्ने मुल नाराका साथ साधारणसभा गरेको हो ।
सांसद घनश्याम खतिवडाले फाउण्डेसनले गर्ने सामाजिक कार्यमा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यसैगरी संस्थापक अध्यक्ष हेम सागर नेपालले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । फाउण्डेसनको आर्थिक आयव्ययको विवरण संस्थापक कोषाध्यक्ष ममिता सापकोटाले प्रस्तुत गरेकी थिइन् ।
पत्रकार अरुण बराल, मानवअधिकार कर्मी बिदुर सुवेदी र संस्थाकी प्रमुख सल्लाहकार दिव्यादेवी बस्नेत लगायतले फाउण्डेसनको नारा ‘मिलनको चाहाना, सहयोगको भावना’ भावलाई आत्मासात गर्दै अगाडी बढ्नुपर्ने बताए । उनीहरूले आगामी दिनमा केराबारी गाउँपालिकालाई जोड्ने साझा चौतारीको रूपमा संस्था स्थापित हुने बताए ।
साधारणसभाले फाउण्डेसनका संस्थापक अध्यक्ष हेमसागर नेपालको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । प्रथम उपाध्यक्ष अशोक कुमार दाहाल, द्वितिय उपाध्यक्ष लक्ष्मी भण्डारी थापा, महासचिव तारा मिवक लिम्बू, सचिव अम्बर सिंह लिम्बू, सचिव समन सिंह बस्नेत, सहसचिव पूर्णबहादुर लिम्बू, कोषाध्यक्ष ममिता सापकोटा, सहकोषाध्यक्ष गिता थापा पदाधिकारीमा छन् ।
सदस्यमा सुमन कुमार श्रेष्ठ, सदस्य झलक बहादुर भण्डारी, सदस्य धन कुमार लिम्बू, सदस्य शिव शक्ति न्यौपाने,सदस्य सन्ध्या मगर, सदस्य कमला अधिकारी, सदस्य अरुण बराल गरी २२ जना छन् । बाँकी ३ जना थप गरी कार्यसमितिलाई पूर्णता दिइने छ । साथै पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












