निषेधाज्ञाबारे नयाँ निर्णय गर्न काठमाडौं उपत्यकाका सीडीओहरूको बैठक बस्दै
काठमाडाै । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने या नगर्नेबारे भन्नेबारेमा निर्णय गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । अपरान्ह बस्ने बैठकले निषेधाज्ञाको स्वरूपबारे निर्णय गर्ने ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।
‘अपरान्हतिर संयुक्त बैठक बस्दैछ । त्यही बैठकले निर्णय गर्छ’, प्रमुख जिल्ला अधिकारी निरौलाको भनाइ छ ।
स्रोतका अनुसार अहिलेकै मोडालिटीको निषेधाज्ञा थप एक साता थप्ने सम्भावना रहेको छ ।
गत बैशाख १६ गतेबाट जारी निषेधाज्ञा पटक पटक थप्दै र मोडालिटी परिवर्तन गरिदै आएको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि भोली असार १४ गते राति १२ बजे सकिँदै छ । पछिल्लो निषेधाज्ञामा समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ ।
अहिले काठमाडौ उपत्यकामा मोटरसाइकल, जीप, कार, भ्यान, ट्याक्सी लगायतमा जोर–बिजोर लागु गरेर चल्न दिइएको छ तर सार्वजनिक सवारी–साधन, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेस लगायतमा प्रतिबन्ध कायमै छ ।
यसैबीच राष्ट्रिय यातायात व्यवसायी महासंघले सार्वजनिक यातायात सञ्चालनमा ल्याउन माग गरेको छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












