नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव शून्य छ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५८ दशमलव ५३ मा सीमित भएको छ ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ८० अङ्कले ओरालो लागेर तीन सय ५६ दशमलव शून्य आठमा सीमित भएको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज एक उपसमूहको सेयर मूल्यमा सामान्य वृद्धि हुँदा १२ उपसमूहको सेयर मूल्यमा भने गिरावट भएको छ । कुल ४५ लाख ९५ हजार पाँच सय ५३ कित्ता सेयर रु एक अर्ब ३२ करोड ३५ लाख १९ हजार तीन सय ५७ मूल्यमा कारोबार भएको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर शीर्षस्थानमा छ । सो कम्पनीको रु ११ करोड ६७ लाख १२ हजार तीन सय बराबरको कारोबार भयो । सोनापुर मिनरल्स रु आठ करोड ४९ हजार चार सय एक, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर रु पाँच करोड १९ लाख ४९ हजार एक सय ३१, सोल्टी होटल रु चार करोड ३९ लाख ७० हजार दुई सय दुई र रिलायवल नेपाल लाइफ इन्स्योरेन्स रु तीन करोड २६ लाख ३९ हजार तीन सय ९४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार रुरु जलविद्युत् परियोजना पाँच दशमलव ६३, एनआइबीएल प्रगति फण्ड तीन दशमलव ८७, लक्ष्मी भ्याल्यू फण्ड दोस्रो तीन दशमलव ५२, एनआइसी एसिया फ्लेक्सी क्याप फण्ड तीन दशमलव ४१ र छिमेक लघुवित्तका लगानीकर्ताले तीन दशमलव ४१ प्रतिशतले कमाएका छन् ।
यस्तै विजय लघुवित्त, माउण्टेन इनर्जी र युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले गिरावट भई नकारात्म्क सर्किट लागेको छ । यस्तै सिटिजन म्युचुअल फण्ड दोस्रो आठ दशमलव ८८ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ६७ प्रतिशतले गुमाएका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












