आईपीएलमा हैदराबादले बनायो अहिलेसम्मकै धेरै रन, आज कोलकता र राजस्थान खेल्दै
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई २५ रनले हराएको छ । गए राति हैदराबादले दिएको दुई सय ८८ रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले २० ओभरमा सात विकेट गुमाएर दुई सय ६२ रन बनायो । बेङ्गलुरुका दिनेश कार्तिकले ८३, कप्तान फाफ डु प्लेसिसले ६२, विराट कोहलीले ४२ रन बनाए । हैदराबादका कप्तान प्याट कमिन्सले ३, मयंक मार्कंडेयले २ विकेट लिए ।
त्यसअघि एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर दुई सय ८७ रन बनाएको थियो । हैदराबादका ट्राभिस हेडले १ सय २, हेनरिच क्लासेनले ६७ रन बनाए ।
जितसँगै चौथो स्थानमा रहेको हैदराबादको ६ खेलबाट ८ अङ्क रहेको छ । एक खेल बढी खेलेको बेङ्गलुरु २ अङ्कका साथ पुछारमा छ । आईपीएल इतिहासको सबैभन्दा धेरै योगफल बनाएर सनराइजर्स हैदराबादले आफ्नै कीर्तिमान तोडेको छ । यसअघि मुम्बई इन्डियन्ससँगको खेलमा २ सय ७७ रन बनाएको हैदराबादले हिजो बेङ्गलुरुसँगको खेलमा २ सय ८७ रन बनायो । आईपीएल क्रिकेटमा आज राति पौने ८ बजे कोलकता नाइट राइडर्स र राजस्थान रोयल्स खेल्दैछन् ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












