सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना मन्त्रीमात्रै देखिए । संयुक्त राष्ट्रसंघ भाग लिन अमेरिका प्रस्थान गर्ने क्रममा प्रधानमन्त्री शाहको अलिकति पनि तामझाम देखिएन । यसअघिका प्रधानमन्त्रीहरु विदेश जाँदा ठूलो रकम खर्च गरेर राष्ट्रको ढुकुटीकाे माया नै नगरी तामझामका साथ जाने गर्थे । अझ आफ्ना नातानाला, आसेपासे पनि लाने गर्थे । तर त्यो प्रथालाई प्रम बालेनले तोड्दै भविष्यमा उनीपछि हुने प्रधानमन्त्रीलाई गतिलो पाठ सिकाइ दिएका छन् ।
‘देशको ढुकुटी मोजमस्ती गरेर सक्नु हुँदैन’ भन्ने भनाईलाई व्यवहारमै कार्यान्वयन गर्न खोज्ने प्रम शाह पहिलो देखिएका छन् । पहिलो विदेश भ्रमणका क्रममा सानो प्रतिनिधिमण्डल लिएर उनी अमेरिका प्रस्थान गरेका हुन् । विदाइका क्रममा एयरपोर्टमा कुनै औपचारिक कार्यक्रम भएन । सेनाले सलामी दिने परम्परा पनि तोडियो । बिदाइका लागि मन्त्री र उच्च पदाधिकारीको लावालश्कर पनि देखिएन । सामान्य मानिसको जस्तै व्यवहारले प्रम शाहको वेट अझ बढाएको छ । आफ्ना समर्थकहरु त छँदैछन्, विरोधी खेमाले पनि मुटु मिचेर प्रशंसा गरेका छन् ।
प्रम बालेनलाई बिदाइ गर्न गएका दुईजना मन्त्री भने आफ्नै हिसाबले एयरपोर्ट पुगेका थिए । गृहमन्त्री सुदन गुरुङ र पर्यटन मन्त्री खडकराज पौडेलले प्रधानमन्त्रीलाई जहाज छेउमा बिदाइ गरेका थिए । प्रधानमन्त्री शाह राष्ट्रिय पोशाकमा पनि देखिएनन् । उनले कोट-पाइन्ट र स्पोर्ट्स सुज लगाएका थिए । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन हाफ सर्ट र पेन्ट लगाएर झनै अनौपचारिक लुगामा थिए ।
अरु सबै यात्रुहरु बोर्ड भइसकेपछि मात्रै प्रधानमन्त्री बालुवाटारबाट प्रस्थान गरेका थिए । बिदाई गर्न गएका दुईमन्त्रीसँग कुनै फुलगुच्छा थिएन । प्रधानमन्त्री चढ्नासाथ जहाज उडेको थियो । कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्रीलाई कार्यकक्षमा नै विदाइ गरेका थिए ।
Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...












