आईपिएल: पञ्जाब किंग्सलाइ मुम्बई इन्डियन्सले ९ रनले हरायो
काठमाडौं। पञ्जाब किंग्समाथि मुम्बई इन्डियन्सले ९ रनको जित निकालेको छ। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको मुम्बईले ७ विकेटको क्षतिमा १९२ रन बनाएको थियो। १९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९ ओभर १ बलमा १८३ रन बनाएर अलआउट भएको हो।
मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ७८ रन बनाए। ५३ बल खेलेका उनले सात चौका र तीन छक्का प्रहार गरेका थिए। रोहित शर्माले ३६ रन बनाउँदा तिलक बर्माले नटआउट ३४ रन जोडे। टिम डेबिड १४ रनमा आउट हुँदा कप्तान हार्दिक पाण्डेय १० रनमा समेटिए। मुम्बईको इनिङ कमजोर पार्न पञ्जाबका लागि हर्षल पट्टेलले ३१ रन खर्चिएर तीन विकेट लिए। श्याम कुरानले दुई विकेट लिएको खेलमा कासिगो रबडाले एक विकेट हात पारे।
१९३ रनको लक्ष्य पछ्याएको पञ्जाबका लागि आशुतोष शर्माले ६१ रन बनाउँदा शशांक सिंहले ४१ रन जोडे। हरप्रित बरारले २१ रन जोड्दा हरप्रीत सिंहले १३ रन मात्र जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्। मुम्बईका लागि जसप्रित बुमराह र जेराल्ड कोटेजले तीन–तीन विकेट हात पारे। आकाश माधवा, हार्दिक पाण्डेया र श्रीयस गोपालले एकएक विकेट लिए।
यो जितसँगै मुम्बई सात खेलमा तीन जितसहित सातौं स्थानमा छ। समान खेल खेलेको पञ्जाब दुई जितसहित चार अंक बनाएर नवौं स्थानमा छ।आईपिएल अन्तर्गत शुक्रबार लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किंग्सबिच प्रतिस्पर्धा हुँदैछ। यो खेल शुक्रबार साँझ ७स्४५ बजे सुरु हुनेछ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












