आईपिएलः गुजरातमाथि दिल्लीको चार रनको रोचक जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटन्समाथि दिल्ली क्यापिटल्सले चार रनको रोचक जित निकालेको छ। अन्तिम ओभरमा तीन बल डट खेल्दा गुजरात चार रनले पराजित भएको हो। अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै २२४ रन बनाएको थियो। २२५ रनको लक्ष्य पछ्याएको गुजरात आठ विकेटको क्षतिमा २२० रनमा समेटिएको हो।
दिल्लीले दिएको २२५ रनको लक्ष्य पछ्याएको गुजरातका लागि साई सुदर्शन र डेभिड मिलरले बनाएको अर्धशतक काम लागेन। साईले सर्वाधिक ६५ रन बनाए। ३९ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे। मिलरले २३ बलमा ६ चौका र ३ छक्कासहित ५५ रन जोडे। गुजरातका लागि ऋद्धिमान साह ३९ र साई किशोर १३ रनमा आउट हुँदा राशिद खान २१ रनमा नटआउट रहे। अन्य ब्याट्सम्यान चल्न सकेनन्।
गुजरातलाई सस्तैमा समेट्न दिल्लीका रसिक सलमानले सर्वाधिक तीन विकेट हात पारे। कुलदीप यादवले दुई विकेट लिँदा मुकेश कुमार, अक्षर पटेल र एनरिक नोर्त्जेले एकएक विकेट हात पारे। सुरुमा ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा २२४ रन बनाएको थियो। २२५ रनको शानदार चुनौतीका लागि दिल्लीका ऋषभ पन्तले नटआउट ८८ रन बनाए। ४३ बल खेलेका उनले ५ चौका र ८ छक्का प्रहार गरे। अक्षर पटेलले ४३ बलमा ५ चौका र ४ छक्कासहित ६६ रन बनाए। ओपनरद्वय जेक फ्रेजर मक्गर्क २३ र पृथ्वी शा ११ रनमा आउट हुँदा ट्रिस्टन स्टब्स २६ रनमा नटआउट रहे।
गुजरातका सन्दीप वारियरले ३ विकेट लिँदा नुर अहमदले १ विकेट हात पारे। दिल्लीका ब्याट्सम्यानविरुद्ध गुजरातका अन्य बलर चल्न सकेनन्। यो सिजनको आईपिएलमा दिल्लीको यो चौथो जित हो। ९ खेलबाट ८ अंक जोडेको दिल्ली अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ। पराजित गुजरात समान खेलमा ८ अंक जोड्दै सातौँ स्थानमा समेटिएको छ।आईपिएल अन्तर्गत बिहीबार सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बंग्लोरुबिच प्रतिस्पर्धा हुँदैछ। यो खेल साँझ ७ः४५ बजे सुरु हुनेछ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












