झापाको मेचीनगरस्थित होटेल मेची क्राउन चारवर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश
काँँकडभिट्टा । झापाको मेचीनगरस्थित होटेल मेची क्राउनले चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा होटेलका अध्यक्ष एवम् सञ्चालक पवित्रकुमार कार्कीले सुरुमा स्थापना गर्दा जोखिम मोलेर होटेलमा लगानी गरिएको बताएका थिए ।
तर अहिले आफ्नो टिमले योजना बनाएर चलाएपछि अहिले होटल पपुलर भएको भन्दै खुसी ब्यक्त गरे । होटल मेची क्राउनमा नेपाल र भारतका ठुला घराना परिवारका नागरिकहरू विवाह, सेमिनार, मनोरञ्जन र क्यासिनो खेल्न आउने गरेका छन् ।
उनले आन्तरीक तथा बाह्य पर्यटकलाई लक्षित गरिएको होटलले झापाको मात्र नभइ देशकै इज्जत र मान राखेको बताए । आयोजित वार्षिकोत्सव तथा नयाँ थप सुविधा सम्पन्न भवनको उद्घाटन कार्यक्रममा सञ्चालकहरूले पूर्वकै व्यापारिक उद्योगका रुपमा पहिचान बनाउने उद्घोष गरेका हुन् ।
पूर्वको सफल उद्योग मात्र होइन नेपाल र भारतमा नै नमुनाको रुपमा पहिचान बनाउँदै गरेको पाँचतारे होटेल मेची क्राउनले अर्को सुविधा सम्पन्न भवनबाट पनि थप सेवा विस्तार गरेको जनाएको छ ।
अर्का सञ्चालक बलराम सापकोटाले सरकारलाई वार्षिक ६ करोड २५ लाख रोयल्टी तिर्दै गरेको जानकारी दिए । नयाँ बनिएको थप भवनसहित २१५ वटा सुविधा सम्पन्न रहेको कोठालाई आगामी दिनमा ५०० वटा कोठा पु¥याउने लक्ष्य रहेको उनले बताए । उनले देशभित्र रहेका साना–ठुला क्यासिनोलाई एउटै प्रकृतिमा नहेर्न आग्रह गर्दै होटेल र क्यासिनोको नियम बनाउन राज्यलाई खबरदारी गरेका थिए ।
कार्यक्रममा पूर्व मन्त्रीहरु दिपक गिरी, प्रेम आले, किसानकुमार श्रेष्ठ, गोविन्द बद्री, सांसद एलपी साँवा, संविधान सभा सदस्य दिपक कार्की, नेपाल सरकारका कानून सचिव उदय सापकोटा, व्यवसायी विकास राना, पाँचखाल नगरपालिकाका मेयर महेश खरेल लगायतले होटल मेची क्राउनको बारेमा चर्चा गरेका थिए । सोही अवसरमा स्थापनाकालमा होटललाई लगानी गरिदिने इन्भेष्टमेन्ट बैँकका सिइओ ज्योति पाण्डेलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । बार्षिकोत्सव कार्यक्रमको होष्ट सहाना बज्रचार्यले गरेकी थिइन् ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












