नेपाली यु–१९ महिला क्रिकेट टोली विश्वकपमा छनोट
काठमाडौँ : नेपाली यु–१९ महिला क्रिकेट टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट भएको छ । युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।
युएईको अजमानस्थित द सेभेन स्टेडियममा आज टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएईले ८४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १४ दशमलव ४ ओभरमा २ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गर्यो । नेपालका लागि साना प्रवीणले सर्वाधिक ३५ रन बनाइन् । कप्तान पूजा महतोले १८ बलमा ४ चौकाको मद्दतले २१ रन बनाइन् । त्यस्तै, सोनी पाख्रीनले १३ तथा सावित्री धामीले १२ रनको योगदान दिइन् ।
नेपालले अतिरिक्त ५ रन प्राप्त गर्यो । युएईका लागि मेहक ठाकुरले दुई विकेट लिइन् । त्यसअघि, घरेलु टोली युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । युएईका लागि समाइरा धरनिधर्कले सर्वाधिक ३१ रन बनाइन् । उनले ४८ बलमा एक चौकाको मद्दतले ३१ रन बनाएकी हुन् । यस्तै, रिनिता राजितले १८ बलमा दुई चौकाको मद्दतले २० रन बनाइन् । युएईका लागि लावन्या केनी र इन्धुजा नन्दकुमारले समान दश÷दश रनको योगदान दिए ।
त्यस्तै, आयुषी महेशले तीन र अवनी सुनिल पाटिलले एक रन बनाए । युएईका एमिली थोमस, मेहक ठाकुर, अल मसीरा जहाँगीर, इशिता राजित र नेहा कुमारीले एक रन पनि जोड्न सकेनन् । युएईले अतिरिक्त ८ रन प्राप्त गर्यो । नेपालका लागि कृश्मा गुरुङले सर्वाधिक ४ विकेट लिइन् । त्यस्तै, रिया शर्मा र सीमा केसीले समान दुई/दुई विकेट लिए भने रचनाकुमारी चौधरीले एक विकेट लिइन् ।
यही कात्तिक २१ गतेदेखि सुरु भएको एसिया छनोटमा नेपालले यसअघि पाँचमध्ये चार खेलमा जित हासिल गरेको थियो भने एक खेलमा पराजित भएको थियो । प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रोमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो ।
तेस्रो खेलमा नेपालले घरेलु टोली युएईसँग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा १३ रनले पराजित भएको थियो । आइतबार भएको चौथो खेलमा नेपालले थाइल्याण्डलाई एक सय छ रन र मङ्गलबार भएको पाँचौँ खेलमा कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । आजको जितसँगै नेपालले सन् २०२५ मा मलेसियामा हुने आइसिसी यु–१९ महिला टी २० विश्वकपका लागि छनोट भएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











