सेयर बजार परिसूचक ओरालो लाग्यो
काठमाडौं । आइतबार पनि सेयर बजार घटेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.४९ अंक घटेको हो । योसँगै नेप्से २६८८ अंकमा कायम भएको छ।
विगत ४ कारोबार दिनदेखि बजार लगातार घटिरहेको छ। मंगलबार १४.०८, बुधबार ४.४५ र बिहीबार ११.६४ अंकले बजार घटेको थियो। बजार झर्दा कारोबार रकम पनि खुम्चिएको छ। अघिल्लो दिन ९ अर्ब २४ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३९ करोडमा खुम्चियो।
६८ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने ६ को स्थिर रह्यो। फाइनान्स ०.८०, उत्पादन ०.१५, माइक्रोफाइनान्स ०.२५ तथा व्यापार समूह १.३९ प्रतिशत घटे।
अन्य १.३०, निर्जीवन बीमा ०.५७, जीवन बीमा ०.७६, लगानी ०.३९, हाइड्रोपावर ०.५०, होटल तथा पर्यटन ०.२४, विकास बैंक १.३५ र बैंकिङ सेक्टर ०.३५ प्रतिशत घटे।
दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो। गार्डियनको आजदेखि कारोबार सुरु भएको हो। जसको मूल्य प्रतिकित्ता ३३१ रुपैयाँ १० पैसा छ।
त्यस्तै उपकार लघुवित्तको ६, इनिफिनिटी लघुवित्तको ६ तथा अपरलोहोरेखोलाको ५.२ प्रतिशत मूल्य बढ्यो। त्यस्तै सप्तकोशी विकास बैंकको ६.५, सिन्धु विकास बैंकको ५.६ तथा भूगोल इनर्जीको ४.६ प्रतिशत घट्यो।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीएचडीसी, सेन्ट्रल फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहे।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












