उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द
सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द भएको छ । गत मङ्सिर १९ गते देखी उद्योग पूर्ण बन्द भएको उद्योगका निमित्त महाप्रबन्धक महेश साहले जानकारी दिए। उद्योगका निमित्त महाप्रबन्धक साहका अनुसार उद्योग सँग कच्चापदार्थ खरिद गर्ने पैसा नहुँदा उद्योग बन्द गर्नु परेको हो । उनले भने उद्योगले भुक्तानी गर्नु पर्ने दायित्व झन्डै डेढ अर्ब रुपैयाँ पुगेको र कच्चापदार्थ खरिदमा समस्या हुँदा उद्योग बन्द भएको हो ।
उता उद्योगको सम्पूर्ण बैङ्क खाता समेत रोक्का भएका छन् । रौता सर्भिसेज प्रा.लि.ले सामानको भुक्तानी नदिएको भन्दै काठमाडौँ जिल्ला अदालतमा दर्ता गरेको रिटका कारण उद्योगका बैङ्क खाता रोक्का भएका हुन् । जिल्ला अदालतमा परेको रिटमा सुनुवाइ गर्दै ७ माघमा उदयपुर सिमेन्ट उद्योगका नाममा रहेका सबै बैंकका खाताहरू रोक्का गर्न अदालतले आदेश दिएको हो ।
उदयपुर सिमेन्ट उद्योगमा अहिले २ सय २० जना कर्मचारीहरू कार्यरत रहेका छन् । उनीहरूले पाँच महिना देखी तलव समेत पाउन सकेका छैनन् । उद्योगले आपूर्ति तर्फ झन्डै ६५ करोड भुक्तानी गर्न बाकी रहेको छ भने बिधुत महसुलको ३० करोड भुक्तान गर्न बाकि छ । बिगत २८ महिना देखी कर्मचारीको संचयकोष र नागरिक लगानी कोषमा समेत रकम जम्मा हुन सकेको छैन ।
रिटायर कर्मचारीको ४५ करोड भन्दा माथी भुक्तानी रहेको छ । यी सबै दायित्व जोड्दा करिब डेढ अरब रुपैयाँ उद्योगले भुक्तानी गर्न पर्ने निमित्त महाप्रबन्धक महेश साहले बताउनु भयो । उनले भने; अहिले रौता सर्भिसेज प्रा.लि.ले सामानको भुक्तानी नपाएको भन्दै रिट दर्ता भएपछि उक्त रिटको सुनुवाई गर्दै अदालतले उद्योगका सबै बैङ्क खाता रोक्का गरेको बताए ।
रौता सप्लायर्सका सञ्चालक सुवास राउतलगायतका सञ्चालकले दिएको मुद्दाउपर जिल्ला अदालतले बैङ्क खाता रोक्का गर्ने निर्णय गरेसँगै सम्पूर्ण खाता रोक्का भएको उद्योगका लेखा अधिकृत सञ्जीव रेग्मीले जानकारी दिनु भयो । रेग्मीका अनुसार, ‘सरकारी तथा निजी बैङ्कहरूमा भएका १६ वटा खाता रोक्का भएपछि अहिले उद्योगको सम्पूर्ण आर्थिक कारोबार ठप्प भएको छ ।’ राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क, नेपाल बैङ्कलगायतका बैङ्कमा उद्योगका खाता रहेका थिए ।
उदयपुर सिमेन्ट उद्योगकाले रौता सप्लायर्सको मात्र ९५ लाख रुपैयाँ भुक्तानी गर्न बाकी छ। सोही रकम उद्योगले नदिएको भन्दै रौता सप्लायर्सले भुक्तानी माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । तर, उद्योगसँग कच्चा पदार्थ खरिद गर्ने सम्म पैसा नभएकाले रौता सप्लायर्सको भुक्तानी नदिएको निमित्त महाप्रबन्धक साहले बताए । , ‘काठमाडौँ जिल्ला अदालतको निर्णयविरुद्ध हामी उच्च अदालत पाटन जाने तयारीमा छौँ, खाता फुकुवा भएन भने उद्योग झनै समस्यामा पर्छ ।’
अहिले चालू, पुँजीगत र बचत खाता सबै रोकिएका छन् । संघीय सरकारले दिएको १६ करोडबाट उद्योगमा मर्मत–सम्भारको काम भइरहेको थियो । मर्मत–सम्भार शीर्षकमा सरकारले दिएको १६ करोडबाटै भुक्तानी माग्दै सप्लायर्सका सञ्चालकले मुद्दा हालेपछि उद्योगलाई थप समस्या परेको हो ।
चालू आर्थिक वर्ष ०८१/८२ उदयपुर सिमेन्ट उद्योग १८ दिन मात्र चलेको थियो तर अहिले पछिल्लो समय मङ्सिर १९ गते देखि भने उद्योग पूर्णतः बन्द भएको छ । निमित्त महाप्रबन्धक साह भन्छन्, ‘मुख्य समस्या कोइला खरिद गर्ने पैसाकै अभावले गर्दा उद्योग पूर्ण रूपमा बन्द भएको हो ।’ उद्योग बन्द भएपछि घाटा बढिरहेको र उद्योगले तिर्नुपर्ने दायित्व बढेर गएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












