मुख्यमन्त्री लामा युएई प्रस्थान, श्रेष्ठलाई कार्यवाहकको जिम्मेवारी
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङ एक सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन्। युनाइटेड अरब इमिरिटेस (युएई)को आयोजनामा दुबईमा हुने वल्र्ड गभर्मेन्ट समिट २०२५ मा सहभागी हुन मुख्यमन्त्री लामा पमङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुभएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।
मुख्यमन्त्रीका निजी सचिव संयोग बस्नेतले मुख्यमन्त्री लामा आगामी फागुन ३ गतेसम्म दुबईमा रहने र सम्मेलन अवधिमा प्यानल छलफलमा सहभागी हुने जानकारी दिए।
मुख्यमन्त्री लामालाई बिदाई गर्न प्रदेश सरकारका मन्त्री प्रकाश श्रेष्ठ, किरण थापा, प्रेमभक्त महर्जन, मदुकुमार श्रेष्ठ र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार विनोद शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। मुख्यमन्त्री लामाका साथ मुख्यमन्त्रीमा प्रमुख स्वकीय सचिव छत्र लामा भ्रमणमा जने बताईएको छ।
यसैबिच मुख्यमन्त्रीको अनुपस्थितिमा प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री लामाको सिफारिसमा मन्त्री श्रेष्ठलाई बुधबारदेखि लागु हुने गरी मुख्यमन्त्री फर्की नआएसम्मका लागि कार्यवाहक मुख्यमन्त्री तोक्नुभएको प्रदेश प्रमुखको कार्यालयले मङ्गलबार विज्ञप्ति जारी गर्दै जनाएको छ।
Comments
अरु समाचार
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...












