मुख्यमन्त्री लामा युएई प्रस्थान, श्रेष्ठलाई कार्यवाहकको जिम्मेवारी
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङ एक सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन्। युनाइटेड अरब इमिरिटेस (युएई)को आयोजनामा दुबईमा हुने वल्र्ड गभर्मेन्ट समिट २०२५ मा सहभागी हुन मुख्यमन्त्री लामा पमङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुभएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।
मुख्यमन्त्रीका निजी सचिव संयोग बस्नेतले मुख्यमन्त्री लामा आगामी फागुन ३ गतेसम्म दुबईमा रहने र सम्मेलन अवधिमा प्यानल छलफलमा सहभागी हुने जानकारी दिए।
मुख्यमन्त्री लामालाई बिदाई गर्न प्रदेश सरकारका मन्त्री प्रकाश श्रेष्ठ, किरण थापा, प्रेमभक्त महर्जन, मदुकुमार श्रेष्ठ र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार विनोद शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। मुख्यमन्त्री लामाका साथ मुख्यमन्त्रीमा प्रमुख स्वकीय सचिव छत्र लामा भ्रमणमा जने बताईएको छ।
यसैबिच मुख्यमन्त्रीको अनुपस्थितिमा प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री लामाको सिफारिसमा मन्त्री श्रेष्ठलाई बुधबारदेखि लागु हुने गरी मुख्यमन्त्री फर्की नआएसम्मका लागि कार्यवाहक मुख्यमन्त्री तोक्नुभएको प्रदेश प्रमुखको कार्यालयले मङ्गलबार विज्ञप्ति जारी गर्दै जनाएको छ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












