बिपि राजमार्ग पुनर्निर्माणको ठेक्का लगाउने अन्तिम तयारी
काठमाडौं । गत असोजमा आएको बाढिले भत्किएको बिपि राजमार्गस्थित सिन्धुलीतर्फको सडक निर्माणका लागि ठेक्का लगाउने अन्तिम तयारी भएको छ ।
काभ्रे र सिन्धुलीको सिमाना बर्खे खोला देखि नेपालथोक सम्मको करिब साढे तीन किमि सडक निर्माणका लागि ठेक्का लगाउने तयारी भएको सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीका प्रमुख पारश हमालले जानकारी दिए।
अबको केही दिनमै ठेक्का सुचना निकाल्ने तयारीमा कार्यालय जुटेको उनको भनाई छ । २ बर्षमा काम सम्पन्न गर्ने गरि ठेक्का आव्हान गर्ने गरि काम भइरहेको कार्यालय प्रमुख हमालले जानकारी दिए ।
पुनर्निर्माण हुने बिपि राजमार्ग डबल लेनको बन्ने कार्यालयले जनाएको छ । भ्याट र अन्य कर बाहेक करिब ६५ करोड लागतमा सडक पुनर्निर्माण गर्ने गरि ठेक्काको तयारी भएको कार्यालयले जनाएको छ ।
गत असोजको बाढिले सिन्धुलीको सुनकोसी गाउपालिकाको नेपालथोक देखि काभ्रेको भकुण्डे नजिक सम्म करिब १२ किलोमीटर सडक पूर्णरुपमा बगाएको थियो ।
सडक बगाएपछि हाल अस्थायी रुपमा रोसिको बगरबाट ट्याक सडक बनाइ सवारी सन्चालन हुँदै आएको छ । रोशिको बगरबाट अस्थायी रुपमा सञ्चालन भएको सडकलाइ समेत हाइट उठाएर बर्खामा समेत चल्ने गरी काम भैरहेको कार्यालय प्रमुख हमालले जानकारी दिए।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












