ताजा समाचार

आज सुनको मूल्य बढ्दा चाँदीको घट्यो..

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

साताको पहिलो दिन (आइतबार) सुनको मूल्य ६ सय रुपैयाँले बढेर १ लाख ८४ हजार एक सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने सामान्य गिरावट देखिएको छ । यस अघि चाँदी एक हजार ९३० रुपैयाँमा नै कारोबार भइरहेको थियो भने आज २० रुपैयाँले घटेर एक हजार ९ सय १० रुपैयाँमा कारोवार भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org