ताजा समाचार

प्रधानमन्त्रीले आज विभिन्न राजनीतिक दलसँग छलफल गर्ने !

काठमाडौँ । प्रधानमन्त्रीले सुशीला कार्कीले आज विभिन्न राजनीतिक दलहरुसँग आगामी चुनावबारे छलफल गर्ने भएकी छन् ।

आज दिउँसो ४ बजे छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दलहरूलाई बोलाइएको छ ।

त्यस्तै आज बस्ने बैठकमा प्रधानमन्त्री कार्कीले सरकारका कामबारे जानकारी दिने बुझिएको छ ।

बैठकमा निर्वाचन आयोगमा दर्ता भएका सबै १ सय २३ दललाई बोलाइएको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org