संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका छन् ।
हालसम्मको मतगणनामा एमालेका कार्कीले १५ हजार २ सय ५२ मत ल्याएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार मिङ्मा शेर्पाले १४ हजार २ सय ६५ मतसहित पछ्याइरहेका छन् ।
एमालेका कार्की र (रास्वपा) का शेर्पाबीच ९ सय ५४ मतान्तर छ । खाँदबारी नगरपालिका ८ र ४ को २ हजार ७ सय ८६ मत गणना हुन बाँकी छ ।
एमालेका कार्की र रास्वपाका शेर्पाबीच सुरुदेखि नै कडा प्रतिस्पर्धा भइरहेको छ । त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठले १२ हजार ६ सय १४ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् ।
श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले ९ हजार ६ सय ३० मतका साथ चौथो स्थानमा छन् । नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सरिता थापाले २ हजार ७ सय ७८३ मत ल्याएकी छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६३ हजार ६ सय ३४ मत खसेको थियो । एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् । निर्वाचनमा एक स्वतन्त्रसहित १६ जना उम्मेदवार थिए ।
Comments
अरु समाचार
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
कांग्रेस नेता डा. शेखर कोइराला समूहको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक बस्दैछ । कोइरालाले आफ्नो समूहको बागमती प्रदेशस्तरी भेला बोलाएका हुन्...
-
अध्यादेश सम्बन्धमा संविधानविद्हरूसँग राय लिँदै राष्ट्रपति पौडेल
काठमाडौं । सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि अप्ठेरोमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...
-
सम्पत्ति छानविन आयोगको टीओआर तयार: “महाअभियाेग लागेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरदेखि लोकमानसिंह कार्की र दीप बस्न्यातसम्म आयाेगकाे राडारमा”
सम्पत्ति छानविन आयोगको टीओआर तयार: "महाअभियाेग लागेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरदेखि लोकमानसिंह कार्की र दीप बस्न्यातसम्म आयाेगकाे राडारमा” काठमाडाैं । वालेन्द्र...
-
एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर महरलाई प्रमुख सचेतकमा मनोनयन गरेको छ।संघीय संसदीय दलको कार्यालय...
-
आज २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौ । आज २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । वि.सं २०६३ वैशाख ११ गते तत्कालीन राजा...
-
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित
काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसारको...












