धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी किशोरी शाह कमलको उम्मेदवारी खारेजी भएपछि मतगणनाको अन्तिम परिणाम विवादमा छ।
सर्वोच्च अदालतले निर्वाचन क्षेत्र १ को अन्तिम परिणाम सार्वजनिक नगर्न आदेश दिएको बेला यादवले प्रमाणपत्र हस्तान्तरणको दबाब दिएका थिए।
२५ फागुन, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचन अधिकृतको कार्यालयले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी शाह कमलको उम्मेदवारी खारेजीले मतगणनाको अन्तिम परिणाम घोषणा विवादमा रहेको बेला मुख्य निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।
अन्तिम मतगणना परिणाम अनुसार यादवको १० हजार ४०३ मत परेको थियो । कांग्रेसका रामपल्टन साहको ९ हजार ५०२ र एमालेका रामचन्द्र मण्डलको ९ हजार ३१५ मत गणना भएको थियो । यी उम्मेदवारहरूभन्दा १३ हजारभन्दा बढी मत घन्टीछापमा परेको थियो । तर रास्वपाका उम्मेदवार साहको उम्मेदवारी खारेजी भएको कारणले उनको परिणाम सार्वजनिक गरिएको छैन ।
गत फागुन १८ गते रासोपाका उम्मेदवार शाहको उम्मेदवारी निर्वाचन आयोगले खारेजी गरेको थियो। साह त्यस विरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए । सोही रिट पर सुनवाई गर्दै सर्वोच्च अदालतले तत्काल निर्वाचन क्षेत्र नम्बर १ को अन्तिम परिणाम सार्वजनिक नगर्न आदेश दिएको थियो । तर उम्मेदवार खारेजीको अवस्थामा त्यसपछि पछिको आफ्नो पहिलो मत रहेकाले निर्वाचन परिणाम घोषणा गर्न र आफूलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गर्न नेकपाका उम्मेदवार यादवले दबाब दिएका थिए। आज उनका पार्टीका नेता कार्यकर्ता निर्वाचन अधिकृतको कार्यालय अगाडि धर्ना समेत बसेका थिए।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...
-
पहिलो दल बनेको रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सबैभन्दा ठुलो दल बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा छ ।...











