ताजा समाचार

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै रातिदेखि गरिने

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापतिका लागि खसेको मतको गणना आजै गरिने भएको छ । कांग्रेसको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालकाका अनुसार राष्ट्रिय सभागृहमा आजै रातिदेखि मतगणना गरिने तयारी छ ।

अन्य पदका लागि खसेको मतपत्र भने आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा लगेर सभापतिको नतिजापछि मात्रै गणना गरिने कटुवालले बताउनुभयो । कांग्रेसको १५ औँ महाधिवेशनपछि नयाँ नेतृत्वका लागि सभापति पदमा गगनकुमार थापा र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा हुनुहुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org