कांग्रेस इतर समूहको पनि सक्रियता बढ्यो, दशैंअघिसम्म क्षेत्रीय अधिवेशन सकिने
काठमाडौं। संस्थापन पक्ष १५ औं महाधिवेशनमा जुटिरहेका बेला नेपाली कांग्रेसको इतर समूहले पनि अलग्गै महाधिवेशनको प्रक्रिया तीव्र पारेको छ। पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको इतर समूहले दशैंअघिसम्म सबै क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरिसक्ने जनाएको छ।
इतर समूहका नेता किरणराज पौडेलका अनुसार महाधिवेशनअन्तर्गत अहिलेसम्म ८० प्रतिशत वडाहरूको अधिवेशन सकिइसकेको छ भने हाल पालिकास्तरका अधिवेशनहरू भइरहेका छन्।
उनले भने, “वडाहरूको ८० प्रतिशत अधिवेशन सकिएर अहिले पालिकाहरूको प्रक्रिया चलिरहेको छ। आगामी दशैंअघिसम्म सबै क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न भइसक्नेछ।” यसै क्रममा बिहीबार काठमाडौं महानगरपालिकाको नगर अधिवेशनसमेत भइरहेको छ।
उक्त समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्मका लागि १५ औं महाधिवेशनको मिति तोकेको छ। सोही कार्यतालिका अनुसार असोज २० गते पालिका, असोज २३ गते प्रदेश सभा निर्वाचन क्षेत्रीय र मङ्सिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने तयारी छ।
अर्का नेता गुरुराज बरालले ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट खटिएका निर्वाचन अधिकृतहरूले काम गरिरहेको जानकारी दिँदै तोकिएकै मितिमा महाधिवेशन गरेर पार्टीलाई सुदृढ बनाइने दाबी गरे।
नेता बरालले संस्थापन समूहको महाधिवेशनलाई ‘क्लब’ को संज्ञा दिँदै भविष्यमा त्यो खुम्चिएर सानो आकारमा परिणत हुने टिप्पणी गरे। “भग्रेल्ती पदहरू थप्ने र आफू पराजित हुने डरले विशेष महाधिवेशनका अगुवाहरूले आफ्नै पद सिर्जना गरेर सुरक्षित रहने काम गरेका छन्, जुन लोकतान्त्रिक चरित्र होइन,” बरालले भने।
नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा दुवै समूहले आ-आफ्नो अडान कायम राख्दै अलग्गै महाधिवेशनको प्रक्रिया अगाडि बढाएका छन्।
Comments
अरु समाचार
-
‘थुनामा रहेका व्यक्तिहरुको अधिकार र कानूनले गरेको व्यवस्थाहरु’
अधिवक्ता यामु रामदाम\ कानुनी शब्दकोश र कारागार ऐन,२०७९ अनुसार , थुनुवा भन्नाले कुनै कसूरको अनुसन्धानको सिलसिलामा वा पुर्पक्षका लागि न्यायिक...
-
मन्त्रिपरिषद् बैठक: विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...
-
अच्यूतमणि न्यौपानेलाई सचिव पदमा बढुवा सिफारिस, ध्रुब चौहानलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा
काठमाडौं । न्याय सेवा आयोगको असोज २० गते मंगलबार बसेको बैठकले उच्च तहका अधिकृतहरूको सरुवा तथा बढुवा लागि सिफारिस गरेको...
-
‘विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम ‘
काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक...
-
सर्वोच्चमा सिफारिस गरिए चार न्यायाधीश, दुई सदस्यले लेखे ‘नोट अफ डिसेन्ट’
काठमाडौं । न्यायपरिषद बैठकले सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गरेको छ। मंगलबार दिउँसो बसेको बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु,...
-
कांग्रेस सभापति पदका लागि तीन जनाले गराए उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेस सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । १५औं महाधिवेशनअन्तर्गत असोज २२ गते हुने...
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...













