प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग गर्न प्रहरी निरीक्षकहरूलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जमा सोमबार प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रहरी सेवालाई प्रभावकारी, पारदर्शी र विश्वसनीय बनाउन प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभयो । प्रविधिको सही प्रयोगबाट प्रहरीको काम छिटो र सहज हुनुका साथै अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रभावकारी परिणाम हासिल गर्न सकिने उहाँको भनाइ थियो ।
“अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेछ,” प्रधानमन्त्री शाहले भन्नुभयो, “यसमा समग्र प्रहरी सङ्गठनको नेतृत्व र प्रशिक्षणलगायतको पनि महत्त्वपूर्ण भूमिका हुन्छ ।” उहाँले प्रहरी अनुसन्धानलाई समयानुकूल, वैज्ञानिक र परिणाममुखी बनाउन सरकार आवश्यक स्रोतसाधन उपलब्ध गराउन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । प्रविधिको विकाससँगै अपराधका स्वरूपमा पनि परिवर्तन भइरहेकाले त्यसअनुसार प्रहरीको कार्यक्षमता र अनुसन्धान पद्धति विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री शाहले प्रहरी सेवामा नैतिकता, निष्ठा र इमानदारीलाई पेसागत सफलताको पहिलो आधार बनाउन आग्रह गर्नुभयो । संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको पूर्ण पालना गर्दै पेसागत आचरण र अनुशासन कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारी हो,” उहाँले भन्नुभयो, “सधैँ पेसागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही रूपमा पालना गर्नु आवश्यक छ ।”
उहाँले प्रहरीको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न जवाफदेहिता पनि उत्तिकै महत्त्वपूर्ण हुने बताउनुभयो । प्रहरी अधिकारीले आफ्नो जिम्मेवारीप्रति उत्तरदायी हुँदै कानुनको सीमाभित्र रहेर काम गर्नुपर्ने उहाँको भनाइ थियो ।
दबाब र प्रभावमा नपरी काम गर्न निर्देशन
प्रधानमन्त्री शाहले शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने तथा नागरिकको स्वतन्त्रता र अधिकारको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको उल्लेख गर्नुभयो । यस्तो जिम्मेवारी निर्वाह गर्दा कुनै पनि अनुचित प्रभाव वा दबाबमा नपरी निष्पक्ष रूपमा काम गर्न उहाँले दीक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन दिनुभयो । “यो महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी, भेदभाव नगरी आफ्नो कर्तव्यमा कटिबद्ध रही काम गर्न आग्रह गर्दछु,” उहाँले भन्नुभयो ।
प्रहरीले नागरिकको भावना र अपेक्षालाई बुझेर सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्दै उहाँले कानुन कार्यान्वयनमा निष्पक्षता र व्यावसायिक प्रतिबद्धता कायम गर्नुपर्ने बताउनुभयो । प्रहरीको व्यवहार, कार्यशैली र निर्णयले नागरिकको विश्वास अभिवृद्धि गर्नुपर्ने उहाँको भनाइ थियो । प्रहरी सङ्गठनको संस्थागत मर्यादा र प्रतिष्ठा कायम राख्दै सामूहिक सहकार्य र समन्वयमा काम गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री शाहले दीक्षित प्रहरी निरीक्षकहरूलाई व्यक्तिगत स्वार्थभन्दा जिम्मेवारी र कर्तव्यलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।
तालिमको सिकाइ व्यवहारमा उतार्न आग्रह
प्रधानमन्त्री शाहले तालिम पूरा गरी सेवामा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई प्रशिक्षणका क्रममा सिकेका ज्ञान, सीप र अनुशासन कार्यक्षेत्रमा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । “दीक्षित हुनुभएका प्रशिक्षार्थीहरूले यस तालिममा गर्नुभएको सिकाइलाई पूर्ण रूपमा आत्मसात् गर्नुभएको छ भन्ने विश्वास छ,” उहाँले भन्नुभयो, “अब त्यसलाई व्यवहारमा उतार्नुपर्नेछ ।”
उहाँले तालिम पूरा गर्नु मात्रै पर्याप्त नहुने भन्दै कार्यक्षेत्रमा प्राप्त अनुभव, निरन्तर सिकाइ र व्यावसायिक दक्षतामार्फत आफूलाई थप सक्षम बनाउनुपर्ने बताउनुभयो । प्रहरी सेवामा प्रवेश गरेपछि आउने विभिन्न चुनौतीको सामना गर्न अनुशासन, जिम्मेवारीबोध र सहकार्य आवश्यक हुने उहाँको भनाइ थियो ।
प्रधानमन्त्री शाहले प्रहरीको कार्यसम्पादन प्रभावकारी बनाउन सङ्गठनभित्रको सहकार्य र नेतृत्वको भूमिका महत्त्वपूर्ण हुने पनि उल्लेख गर्नुभयो । प्रहरीका सबै तहबीच समन्वय र सहयोगको वातावरण निर्माण गर्दै नागरिकलाई गुणस्तरीय सेवा दिनुपर्ने उहाँले बताउनुभयो ।
दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिम सफलतापूर्वक पूरा गरी प्रहरी सेवामा प्रवेश गर्न लागेका सबै प्रशिक्षार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उनीहरूलाई तालिम पूरा गर्न प्रेरित गर्ने परिवारजनप्रति पनि उहाँले आभार व्यक्त गर्नुभयो । उहाँले दीक्षित प्रहरी निरीक्षकहरूको उज्ज्वल भविष्य र सफलताको कामना गर्दै जिम्मेवारी निर्वाह गर्दा इमानदारी, अनुशासन, निष्पक्षता र नागरिकप्रतिको उत्तरदायित्वलाई सधैँ प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।
Comments
अरु समाचार
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...
-
‘विपद्को समयमा सरकार फराकिलो सोचका साथ अघि बढ्नुपर्छ’
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्निर्माण तथा पुनःस्थापनामा जुट्न...
-
विराटनगरमा हुने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ को तयारी पूरा
विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा सञ्चालन हुन लागेको ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन-२०८३’ को सम्पूर्ण तयारी पूरा भएको छ ।...
-
हनुमानढोकास्थित दशैं घरमा जमरा राखियो, दशैंको रौनक सुरु
काठमाडौं । बडादशैंको पहिलो दिन घटस्थापनाका अवसरमा आइतबार काठमाडौंको ऐतिहासिक हनुमानढोकास्थित दशैं घरमा विधिपूर्वक जमरा राखिएको छ। नवरात्रको शुभारम्भ भएसँगै...
-
एमाले बैठकका सात निर्णय, मङ्सिरको पहिलो साता राष्ट्रिय भेला
काठमाडौं । नेकपा एमालेले आगामी मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्नेसहित सात वटा निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा...












