ताजा समाचार

एमाले बैठकका सात निर्णय, मङ्सिरको पहिलो साता राष्ट्रिय भेला

काठमाडौं ।  नेकपा एमालेले आगामी मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्नेसहित सात वटा निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजोदेखि सुरु भएको स्थायी कमिटीको आज सम्पन्न बैठकले आगामी मङ्सिर २६ गते वडास्तरीय कमिटी र पुस ४ गते नगर तथा गाउँपालिका कमिटीका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।बैठकले पार्टी अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा जिल्ला तहकै निर्णयबाट अध्यक्ष चयन गरी संगठन कमिटीमा रूपान्तरण गर्ने र अनुमोदनका लागि माथिल्लो कमिटीमा पठाउने निर्णय गरेको छ।

त्यसैगरी, १० जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ। मनोनीत भएकामा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पङ्गेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथप्रसाद साह (सिरहा), तेजमान कन्दङवा (तेह्रथुम), टंक आङ्बोहाङ (ताप्लेजुङ), नवीन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) छन् ।

मधेस प्रदेशसभामा एमालेकी सांसद जैनब खातुनको निधनपछि रिक्त समानुपातिकतर्फको स्थानमा नाजिमा खातुनलाई मनोनीत गरेर निर्वाचन आयोगमा लेखी पठाउने निर्णयसमेत गरिएको छ । हिजो बैठकको प्रारम्भमा केन्द्रीय कमिटीको तेस्रो बैठकबाट वरिष्ठ नेतामा मनोनीत विद्यादेवी भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org