एघार जिल्लामा चार लाखलाई पहिलो किस्ता
काठमाडौँ, १४ असोज । उपत्यकाका तीनै जिल्लामा भूकम्पपछिको पुनःनिर्माणका लागि अनुदान वितरण गर्न केन्द्रीय तथ्याङ्क विभागले उपत्यकाका २२ नगरपालिका र १९ गाविसमा सर्वेक्षणको स्थलगत काम सम्पन्न गरेको छ ।
विभागका निर्देशक ढुण्डीराज लामिछानेले भन्नुभयो,“ललितपुरका १९ गाविसमा घर घरमै पुगेर सर्वेक्षण भयो, ललितपुरका पाँच, भक्तपुरका छ र काठमाडौँका ११ नगरपालिकामा यसअघि नगरपालिकाले राहत वितरण गरेकाको सूचीमा परेकाका घरमा गई सर्वेक्षण गरियो, सर्वेक्षण सकिएकाले शुक्रबारदेखि तीनै जिल्लाका कार्यालय बन्द गरिनेछ । ”
सर्वेक्षणको प्रतिवेदन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई बुझाएपछि प्राविधिक अध्ययन गरी प्राधिकरणले लाभग्राहीको सूची सार्वजनिक गर्ने छ ।
विभागले यसअघि भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट र रसुवाको सर्वेक्षण सकी सम्झौताका साथ पहिलो किस्ताको अनुदान वितरण भइरहेको छ ।
एघार जिल्लामा बिहीबारसम्म तीन लाख ९६ हजार ८११ लाभग्राहीलाई पहिलो किस्ताको रु ५० हजार(प्रतिव्यक्ति) वितरण गरिएको प्राधिकरणका सहप्रवक्ता डा भीष्मकुमार भुसालले बताउनुभयो ।
काठमाडौँ उपत्यकाका तीन जिल्लासहित १४ जिल्लालाई सरकारले भूकम्पबाट अति प्रभावित सूचीमा राखेको छ । भूकम्पबाट प्रभावित बाँकी १७ जिल्लाको सर्वेक्षणका लागि दसैँपछि तयारी गरी तिहारपछि काम सुरु गरिने निर्देशक लामिछानेले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











