नवीकरणीय ऊर्जा
धादिङ, १७ असोज । स्थानीयस्तरमा उपलब्ध नवीकरणीय ऊर्जाका स्रोतहरुको उपयोग गरी ऊर्जामा आत्मनिर्भर बन्न तथा विभिन्न परिप्रयोगबाट युवा जनशक्तिलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोगमा नेपाल ऊर्जा फाउन्डेसनले नलाङ गाविसमा आयोजना गरेको नवीकरणीय ऊर्जामा युवा सहभागितासम्बन्धी अभिमुखीकरण गोष्ठीका सहभागी वक्ताहरुले मुलुकको आर्थिक विकासका लागि ऊर्जाको पहुँच विस्तार, ऊर्जा सुरक्षा र व्यावसायिक परिप्रयोगमा जोड दिएका थिए ।
गोष्ठीमा फाउन्डेसनका कार्यकारी निर्देशक डिल्ली घिमिरेले नवीकरणीय ऊर्जाको व्यावसायिक सम्भावनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै युवा जनशक्तिको बढ्दो विदेश पलायतलाई स्वदेशमै परिचालन गर्न नवीकरणीय ऊर्जाको परिप्रयोगमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
पत्रकार कृष्ण अधिकारीले देशमा उपलब्ध नवीकरणीय ऊर्जाका प्रविधिहरुको विकास र विस्तारमा सरकारले प्रदान गरेको अनुदान नीतिका बारेमा प्रकाश पार्दै यसले विपन्न तथा दुर्गम भेगमा बस्ने समुदायको जीवनस्तरमा सुधार ल्याउन सहयोग पुग्ने बताउनुभयो ।
गोष्ठीमा फाउन्डेसनका नीरज दाहालले नवीकरणीय ऊर्जा प्रविधिका बारेमा प्रकाश पार्नुभएको थियो भने कला तिमिल्सिनाले ऊर्जा र लैङ्गिक पक्षबीचको अन्तरसम्बन्धका बारेमा कार्यपत्र पस्तुत गर्नुभएको थियो ।
मैदी ग्रामीण विद्युत् सहकारी संस्थाका अध्यक्ष रामप्रसाद अधिकारीको सभापतित्वमा भएको सो गोष्ठीमा पूर्व जिविस सदस्य कृष्ण अर्याल, नेपाली काँग्रेसका राजेन्द्र सिलवाल, नेकपा ९एमाले०का फणीन्द्र पौडेल र नेकपा ९माओवादी केन्द्र० का शालिग्राम अर्यालले गाउँको विकासमा नवीकरण ऊर्जाको प्रवद्र्धन आवश्यकतामा जोड दिनुभएको थियो ।
गोष्ठीमा स्थानीय सङ्घसंस्था, राजनीतिक दल, शिक्षक विद्यार्थी गरी करिब ५० जनाको सहभागिता रहेको थियो । रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












