दूरसञ्चार प्राधिकरणले २ जना बरिष्ठ निर्देशक सहित १७ जना कर्मचारी ल्याउने

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले कर्मचारी थप गर्ने भएको छ। प्राधिकरण ‘कर्मचारीको सेवाका शर्त सम्बन्धि विनियमावली २०७३’ लाई पास गर्दै नयाँ कर्मचारी थपको प्रकृयालाई अगाडि बढाएको हो।यससँगै २०६४ सालमा बनाइएको कर्मचारी विनियमावली विस्थापित भएको प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले बताए।
लोकसेवा आयोगसँग सहकार्य गरि प्राधिकरणले दुई बरिष्ठ निर्देशक सहित १७ जना कर्मचारी थप गर्न लागेको हो। विनियमावली अनुसार अब दुईजना बरिष्ठ निर्देशक पद थप हुनेछ। जसमा एक जना प्राविधिक तर्फका र अर्को प्रशासनिक सेवा तर्फका रहनेछन्।
यसैगरी सांगठनिक ढाँचामा पाँच वटा विभागको परिकल्पना गरिएको छ। जसमा दुई प्रशासनिक तीन प्राविधिक प्रस्ताव गरिएको छ। अब प्राधिकरणको सांगठनिक ढाँचामा १५ वटा शाखा हुनेछन्।
यसअघि निर्देशक स्तरसम्म मात्र दरबन्दी रहेको थियो। अब थपिएका दुर्इ वरिष्ठ निर्देशक, पाँचजना निर्देशक, १४ जना उपनिर्देशक, २७ जना सहायक निर्देशक , ११ जना सहायक प्रथम, तीनजना स्थायी चालक, करारका आठ जना , र स्थायी परिचर तीनजना र करारका ६ जना गरी कुल ७६ जनाकाे दरबन्दी रहनेछ।
नयाँ विनियमावलीले बरिष्ठ निर्देशकको कार्यकाल पनि तोकिएको छ । अब बरिष्ठ निर्देशकको पदावधि चार बर्षको हुनेछ। सरकारले २०६८ मा संगठनात्मक संरचना स्वीकृत नगरी कर्मचारी भर्ना गर्न नपाउने निर्देशन दिएपछि प्राधिकरणमा जनशक्ति अभाव थियो ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












