उपत्यकाको ३०० किमी सडक फराकिलो पार्ने काम सकियो

काठमाडौं। काठमाडौं उपत्यका विकास प्रधिकरणले उपत्यकामा ३०० किलोमिटर सडक फराकिलो बनाएको छ। चालु आर्थिक वर्षभित्र ५०० किलोमिटर सडक विस्तार गरिसक्ने प्राधिकरणको लक्ष्य अनुसार ३०० किलोमिटर फराकिलो पारिसकिएको हो।
उपत्यका विकास प्राधिकरणका आयुक्त डा. भाइकाजी तिवारीले अहिले ८४ वटा सडकमा विस्तारको काम भैरहेको जानकारी दिँदै १६५ सडकमा मार्किङ सम्पन्न भइसकेको बताए।
विस्तारको स्विकृती पाएका २०० सडक भने मार्किङ गर्न अझै बाँकी छ। विस्तार गरिएका सडकहरु ४ मिटर देखि ६२ मिटर चौडाई सम्मका रहेका छन्।
प्राधिकरणको क्षेत्राधिकारभित्र नपरेका तर विस्तार गर्नु पर्ने सडक सर्वसाधारणको सहमतिमा विस्तार गर्दा न्युनतम ४ मिटरदेखि १४ मिटरसम्म फराकिलो पारिएको छ।
कालिमाटी-नेशनल ट्रेडिङ सडक प्राधिकरणको क्षेत्राधिकार भित्र थिएन, तिवारीले भने, ‘स्थानीय जनतासँग सहमती गरेर उक्त सडक १४ मिटर फराकिलो बनाई कालोपत्रे गरिसकेका छौँ।’
स्थानिय जनताकै सहयोगमा विस्तार गरिएका सडक खण्डमा चावहिल गणेशस्थानदेखि लाम पोखरी, छाउनी सिता पाईला, थापाथली नर्भिक बबरमहल, टेकु अम्बे टावरको दायाँ बायाँ, त्रिपुरेश्वरदेखि बागमती करिडोर, सुकेधारादेखि धोबीखोला, मैतिदेवी सेतोपुलदेखि मैतिदेवी चोकसम्म, थापागाउँदेखि बानेश्वरसम्म, मल्ल होटलदेखि ठमेल चोकसम्म, कात्यानी मन्दिर दक्षिणतर्फ र टुकुचा मार्ग स्थानीय जनताको सहमतिमा फराकिलो पारिएको प्राधिकरणले जनाएको छ।
स्थानीय जनताको सहमतिमा बन्न लागेको सडकमध्ये कमलपोखरी-हात्तिसार सडक खण्ड मात्रै कालो पत्रे गर्न बाँकी छ। प्राधिकरणको क्षेत्राधिकारभित्र नपर्ने यो सडक ११ मिटर फराकिलो बनाउने लक्ष्य रहे पनि स्थानीयको सहमति बीना गर्न नपाउने भएकैले ८ मिटर मात्रै फराकिलो बनाउन लागेको तिवारीले बताए।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












