‘यातायातलाई भारत र चीनसँग जोड्न सकिए मुलुक समृद्धि हुन्छ’
वीरगन्ज, २९ पुस । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले नेपालको यातायात क्षेत्रलाई भारत र चीनसँग जोड्न सकिए मुलुक आर्थिक रुपले समृद्धि हुने बताउनुभएको छ ।
वीरगन्ज उद्योग वाणिज्य सङ्घको ४१ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो – देशको आर्थिक विकासका लागि निजी क्षेत्रले लगानी बढाउँदै लैजानुपर्दछ ।
मन्त्री लेखकले मधेसको समस्या समाधान गर्न सरकार गम्भीर भएर संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएको उल्लेख गर्दै तराई मधेसको भावना समेटिने गरी संविधान संशोधन हुने विश्वास व्यक्त गर्नुभयो ।
आयात निर्यातको केन्द्रविन्दुका रुपमा रहेको आर्थिक नगर वीरगन्जलाई ट्रान्सपोर्ट जोन बनाउन आफूले सरकारसमक्ष प्रस्ताव राख्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले तराई मधेसको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेका हुलाकी राजमार्गको निर्माणका लागि ८४ प्रतिशत ठेक्का काम भइसकेको जानकारी दिनुभयो ।
मन्त्री लेखकले प्रधानमन्त्री दाहालको भारत भ्रमणका बेला हुलाकी राजमार्ग निर्माणका लागि भारत सरकारसँग भएको सहमतिअनुरुप कार्य अगाडी बढेको बताउँदै यो राजमार्गको निर्माणले तराई प्रदेशको आर्थिक विकासमा कोसेढुङ्गा सावित हुने धारणा व्यक्त गर्नुभयो ।
पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फ जोडिएको महत्वपूर्ण नाकाहरु बनाउने सरकारको सोच रहेको बताउँदै उहाँले तराई मधेसमा समस्याका रुपमा रहेको यातायात पूर्वाधारको विकास गर्ने सोच सरकारको छ भन्नुभयो ।
वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीपकुमार केडियाको अध्यक्षतामा भएको सो समारोहमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य फर्मुल्ला मन्सुर, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकालगायतका वक्ताले वीरगन्जको आर्थिक विकासप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












