गाँजाखेती छाडी तरकारी खेतीमा रमाउँदै

मकवानपुर, २ माघ । केही वर्षअघिसम्म गाँजाखेतीमा लागेका मकवानपरका केही गाउँका बासिन्दा अहिले अदुवा र तरकारी खेतीमा रमाउन थालेका छन् ।
जिल्लाको नामाटार, कालिकाटार, भार्ता, गोगने, राकसिराङ, खेराङ, काकडा, सरीखेतलगायतका स्थान गाँजाखेतीका लागि बदनाम थियो । तर अहिले उल्लेख्य मात्रामा गाँजाखेती घट्दै गएको छ । गाउँलेमा आएको चेतना र प्रशासनले गरेको कडाइका कारण गाँजाखेतीमा कमी आएको हो ।
विसं २०५५पछि मकवानपुरमा गाँजाखेतीले तीव्रता पाउन थालेको हो । सशस्त्र युद्धका कारण सुरक्षा निकाय गाउँ जान नपाएको मौका छोपी गाउँलेले गाँजाखेती गर्न थाले । गाँजाको अलावा अफिमखेती समेत हुन्थ्यो ।
पछिल्लो पाँच वर्षदेखि प्रहरी प्रशासनले गाँजा फँडानी अभियानलाई तीव्रता दिएपछि अहिले न्यून हुँदै गएको छ । गत वर्ष मात्रै प्रहरीले जिल्लामा दुई सय बिघा जमिनमा गाँजा फँडानी ग¥यो ।
स्थानीयवासी वीरबहादुर सिङ्तानले पहिलेपहिले भारतीयले जग्गा भाडामै लिएर गाँजाखेती गर्ने गरेको बताउनुभयो । नामाटारमा गत वर्ष गाँजा फँडानी गर्दा प्रहरी उपरीक्षक धिरजप्रताप सिंहको नेतृत्वमा रहेको लागुऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीमाथि पहाड माथिबाट ढुङ्गामुढा हुन थालेपछि प्रहरीले गोली चलाउनुपरेको थियो ।
ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले भन्नुभयोे–“पहिलेपहिले त यहाँ फँडानी गर्न आएको प्रहरी टोलीलाई गाउँलेले पानीसम्म खान दिँदैनथे । पसलमा गयो केही सामान किन्न दिँदैनथे ।” उहाँले अहिले परिस्थिति फेरिएको छ भन्दै गाउँलेले आफँै गाँजाखेतीविरुद्ध अभियान सञ्चालन गरिरहेका छन् भन्नुभयो ।
ब्यूरोको प्रहरी टोलीले स्थानीयवासीसँगको सहकार्यमा केही दिनअघि गाँजाखेतीविरुद्ध नामटारमा बृहत् कार्यक्रम नै आयोजना ग¥यो । एकातर्फ प्रशासनको कडाइ अर्कोतर्फ गाँजाको विकल्पमा अदुवा खेतीबाट गाँजामा भन्दा राम्रो कमाई हुन थालेपछि स्थानीयवासीको आकर्षण अदुवाखेतीतर्फ हुन लागेको कालिका उच्चमावि, नामटारका सहायक प्रधानाध्यापक रामप्रसाद कालाखेतीले जानकारी दिनुभयो ।
एक गाउँलेले भने–“हामीले १० कट्ठामा गाँजाखेती गर्दा रु पाँच लाख सम्मको आम्दानी हुन्थ्यो, सोही जग्गामा अहिले अदुवाखेती गर्दा रु १० लाखसम्म कमाइयो । गत वर्ष अदुवाको मूल्य एक किलोको रु एक सय ५० सम्म पुगेकाले सो बराबरको रकम कमाएका गाउँले यो वर्ष घटेर किलोको रु २५ मात्रै हुँदा निराश भएका छन् ।
मकवानपुरमा अदुवाखेतीसँगै आलु, मूला, लगायतको खेतीको राम्रो उब्जनी हुन्छ । अदुवाको मूल्य घटेको तथा गाउँको बाटो र यातायातको समस्या हुँदा आफूहरुले उत्पादन गरेको तरकारीले उचित मूल्य नपाएको स्थानीयवासी बताउँछन् । रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












