गाँजाखेती छाडी तरकारी खेतीमा रमाउँदै

मकवानपुर, २ माघ । केही वर्षअघिसम्म गाँजाखेतीमा लागेका मकवानपरका केही गाउँका बासिन्दा अहिले अदुवा र तरकारी खेतीमा रमाउन थालेका छन् ।
जिल्लाको नामाटार, कालिकाटार, भार्ता, गोगने, राकसिराङ, खेराङ, काकडा, सरीखेतलगायतका स्थान गाँजाखेतीका लागि बदनाम थियो । तर अहिले उल्लेख्य मात्रामा गाँजाखेती घट्दै गएको छ । गाउँलेमा आएको चेतना र प्रशासनले गरेको कडाइका कारण गाँजाखेतीमा कमी आएको हो ।
विसं २०५५पछि मकवानपुरमा गाँजाखेतीले तीव्रता पाउन थालेको हो । सशस्त्र युद्धका कारण सुरक्षा निकाय गाउँ जान नपाएको मौका छोपी गाउँलेले गाँजाखेती गर्न थाले । गाँजाको अलावा अफिमखेती समेत हुन्थ्यो ।
पछिल्लो पाँच वर्षदेखि प्रहरी प्रशासनले गाँजा फँडानी अभियानलाई तीव्रता दिएपछि अहिले न्यून हुँदै गएको छ । गत वर्ष मात्रै प्रहरीले जिल्लामा दुई सय बिघा जमिनमा गाँजा फँडानी ग¥यो ।
स्थानीयवासी वीरबहादुर सिङ्तानले पहिलेपहिले भारतीयले जग्गा भाडामै लिएर गाँजाखेती गर्ने गरेको बताउनुभयो । नामाटारमा गत वर्ष गाँजा फँडानी गर्दा प्रहरी उपरीक्षक धिरजप्रताप सिंहको नेतृत्वमा रहेको लागुऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीमाथि पहाड माथिबाट ढुङ्गामुढा हुन थालेपछि प्रहरीले गोली चलाउनुपरेको थियो ।
ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले भन्नुभयोे–“पहिलेपहिले त यहाँ फँडानी गर्न आएको प्रहरी टोलीलाई गाउँलेले पानीसम्म खान दिँदैनथे । पसलमा गयो केही सामान किन्न दिँदैनथे ।” उहाँले अहिले परिस्थिति फेरिएको छ भन्दै गाउँलेले आफँै गाँजाखेतीविरुद्ध अभियान सञ्चालन गरिरहेका छन् भन्नुभयो ।
ब्यूरोको प्रहरी टोलीले स्थानीयवासीसँगको सहकार्यमा केही दिनअघि गाँजाखेतीविरुद्ध नामटारमा बृहत् कार्यक्रम नै आयोजना ग¥यो । एकातर्फ प्रशासनको कडाइ अर्कोतर्फ गाँजाको विकल्पमा अदुवा खेतीबाट गाँजामा भन्दा राम्रो कमाई हुन थालेपछि स्थानीयवासीको आकर्षण अदुवाखेतीतर्फ हुन लागेको कालिका उच्चमावि, नामटारका सहायक प्रधानाध्यापक रामप्रसाद कालाखेतीले जानकारी दिनुभयो ।
एक गाउँलेले भने–“हामीले १० कट्ठामा गाँजाखेती गर्दा रु पाँच लाख सम्मको आम्दानी हुन्थ्यो, सोही जग्गामा अहिले अदुवाखेती गर्दा रु १० लाखसम्म कमाइयो । गत वर्ष अदुवाको मूल्य एक किलोको रु एक सय ५० सम्म पुगेकाले सो बराबरको रकम कमाएका गाउँले यो वर्ष घटेर किलोको रु २५ मात्रै हुँदा निराश भएका छन् ।
मकवानपुरमा अदुवाखेतीसँगै आलु, मूला, लगायतको खेतीको राम्रो उब्जनी हुन्छ । अदुवाको मूल्य घटेको तथा गाउँको बाटो र यातायातको समस्या हुँदा आफूहरुले उत्पादन गरेको तरकारीले उचित मूल्य नपाएको स्थानीयवासी बताउँछन् । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












