दैनिक २००० अनलाइन फाराम भर्ने व्यवस्था गर्दै यातायात मन्त्रालय
भक्तपुर, २ माघ । यातायात व्यवस्था विभागले जगातीबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी सम्पूर्ण काम गर्ने गरी आजबाट शाखा कार्यालय खोलेको छ ।
अरनिको राजमार्गसँगै रहेको सो कार्यालय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उद्घाटन गर्नुभएको हो ।
देशभरीका सवारी चालक अनुमति पत्र अनलाइनबाटै दिन सरकारले तयारी गरेको बताउँदै उहाँले भन्नुभयो–“सवारी चालक अनुमति पत्रका लागि एउटा फाराम लिन समेत १५ घन्टा लाइन बस्नुपरेको मैले देखे, त्यस्तो समस्या अब अन्त्य गर्न सरकारले सवारी चालक अनुमति पत्र लिने, नवीकरण गर्नेदेखि यातायातका समग्र व्यवस्थापन अनलाइनको माध्यमबाटै गर्ने तयारी गरेको हो ।”
अहिले दिनमा पाँच सयवटा अनलाइन फारम दर्ता हुने गरेकामा अब उपत्यकाका चारवटै शाखाबाट दैनिक ५०० का दरले दिनमा २००० अनलाइन फाराम भर्ने व्यवस्था गर्न लागेको बताउँदै उहाँले अब लामो लाइनमा बस्ने झन्झट नहुने बताउनुभयो ।
अहिले मन्त्रालयले कार्यालय विस्तार र अर्को अनलाइन सेवालाई देशभर विस्तार गर्न लागेको बताउँदै उहाँले कार्यालय बढेअनुसार ट्रायल सेन्टर बढाउन पनि सुझाव दिनुभयो ।
कार्यालयमा अनियमितता रोक्न निर्देशन दिँदै मन्त्री लेखकले भन्नुभयो–“जहाँ भीड हुन्छ, त्यहीँ अनियमिमता हुँदो रहेछ, केही कर्मचारी लोभमा पनि फस्दा रहेछन्, त्यसले पनि कामलाई बाधा पुग्दोरहेछ, अब आजको काम आजै र केही घन्टाभित्रै हुने गरी काम गर्नुस्, अनियमितता र लोभमा परेमा त्यस्ता कर्मचारीलाई कारबाही गरिन्छ ।”
सचिव धनबहादुर तामाङले अब यातायात सम्बन्धी सबै काम सहज ढङ्गले हुने र जनताले दुःख भोग्नुपर्ने अवस्था अन्त्य हुने बताउनुभयो ।
ललितपुरमा पनि कार्यालय सञ्चालनमा ल्याइसकेको र अब केही दिनमै चाहबिलमा पनि कार्यालय सञ्चालनमा ल्याउने बताउँदै उहाँले उपत्यकाका चारवटै कार्यालयमध्ये जहाँबाट पनि सेवा लिन सकिने बताउनुभयो ।
कार्यक्रममा यातयात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले निकट भविष्यमा उपत्यका बाहिर थप कार्यालय स्थापना गर्ने तयारी भइरहेको बताउनुभयो । यातायात व्यवस्था कार्यालयका प्रमुख अनुज घिमिरले भोलि सोमबारबाट सवारी चालक अनुमतिपत्रको नवीकरण गर्ने र नेपालीकरण गर्ने कार्यको सुरुवात हुने बताउनुभयो ।
नयाँ अनुमतिपत्रको लागि भने कम्तीमा दुईसाता लाग्ने बताउँदै उहाँले कार्यालयले मापदण्ड पुगेको प्रयोगात्मक परीक्षा (ट्रायल) दिने स्थानको खोजी गरीरहेकाले तत्कालै नयाँ सवारी चालकको अनुमतिपत्र प्रदान गर्न कठिन भएकोे बताउनुभयो । रासस
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












