गाविस सचिवद्वारा ११ लाख सामाजिक सुरक्षा भत्ता अनियमितता
सिमकोट ४ माघ । हुम्ला डाँडाफया गाविसका सचिवले आर्थिक वर्षको २०७२/०७३ सालको सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेका छन् । सचिव रामप्रसाद देवकोटाले सामाजिक सुरक्षा भत्ताको ११ लाख रकम अनियमितता गरेका हुन् ।
उनले हिनामिना गरेको रकम फिर्ताको साथै गाउँ परिषद् सञ्चालन गर्न जिल्ला विकास समितिले पटक पटक ताकेता गर्दा पनि सचिव देवकोटाले टेर पुच्छर लगाएका छैनन् ।
सचिव देवकोटा गाविसमा समेत उपस्थित नभएपछि आइतबार सहायक प्रमुख जिल्ला अधिकारी रिद्धप्रकाश सिटौलाको संयोजकत्वमा गाएको टोलीले समेत गाउँ परिषद् सञ्चालनको लागि सहमतिमा जुटाउन सकेन ।
सामाजिक सुरुक्षा भता वितरण नगरी सचिव देवकोटाले हिनामिना गरेको रकमका हिसाब खाता नहुँदासम्म परिषद् स्थगित भएको छ । हिनामिना भएको रकम गाविसमा नबुझाउँदासम्म परिषद् नगर्ने स्थानीयबासीको अडान छ ।
सोमबार सिमकोट गाविस सचिव धर्मराज रोकाय र सहायक प्रमुख जिल्ला अधिकारी रिद्धप्रसाद सिटौला र जिल्ला विकास समितिबाट रामप्रसाद अधिकारीको सहभागितामा परिषद् सञ्चालन गर्ने भनिएता सहमति हुन सकेन ।
डाँडाफायाँ गाविस निवासी केश शाहीका अनुसार गाविसमा जाने रकम अनियमितता गरेको बारे बारम्बार कुरा उठाउदा समेत सम्बन्धित निकायले बेवास्ता गर्दै आएको थियो । हिनामिना रकमबारे छानबिन समिति गठन गर्दा पनि जिल्ला विकास समितिले सुनुवाइ नगरेको शाहीले बताइन । सोही गाउँका दीपबहादुर शाहीले सचिव देवकोटाले गरेको हिनामिना रकममा कुरा नमिल्दा परिषद् रोकिएको बताए ।
गाउँ परिषद् सञ्चालनलाई सहज वातावरण बनाउन भन्दै डाँडाफया पुगेका सहायक प्रमुख अधिकारी सिटौलाका अनुसार हरेक वर्ष हुम्ला जिल्लाका कतिपय गाविसमा जाने सामाजिक सुरक्षा भता गाविसकै सचिवहरुको मिलेमोतोमा हिनामिना गर्छन । यस पटक भने जिल्ला विकास समिति भने यसपटक ताकेता लगाएको छ । गाविस सचिवहरुले रकम हिनामिना गर्दै आएको सिटौलाले स्वीकार गरेका छन ।
स्थानीय विकास अधिकारी बलदेव प्रसाद जोशीले रकम हिनामिना गरेको पाइए कानुनअनुसार कारवाही गर्ने बताउँछन् । तत्कालिन गाविस सचिव देवकोटकै पालको रकम अनियमिता देखिएको भन्ने गुनासो आएको जोशीले बताए ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












