गाविस सचिवद्वारा ११ लाख सामाजिक सुरक्षा भत्ता अनियमितता
सिमकोट ४ माघ । हुम्ला डाँडाफया गाविसका सचिवले आर्थिक वर्षको २०७२/०७३ सालको सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेका छन् । सचिव रामप्रसाद देवकोटाले सामाजिक सुरक्षा भत्ताको ११ लाख रकम अनियमितता गरेका हुन् ।
उनले हिनामिना गरेको रकम फिर्ताको साथै गाउँ परिषद् सञ्चालन गर्न जिल्ला विकास समितिले पटक पटक ताकेता गर्दा पनि सचिव देवकोटाले टेर पुच्छर लगाएका छैनन् ।
सचिव देवकोटा गाविसमा समेत उपस्थित नभएपछि आइतबार सहायक प्रमुख जिल्ला अधिकारी रिद्धप्रकाश सिटौलाको संयोजकत्वमा गाएको टोलीले समेत गाउँ परिषद् सञ्चालनको लागि सहमतिमा जुटाउन सकेन ।
सामाजिक सुरुक्षा भता वितरण नगरी सचिव देवकोटाले हिनामिना गरेको रकमका हिसाब खाता नहुँदासम्म परिषद् स्थगित भएको छ । हिनामिना भएको रकम गाविसमा नबुझाउँदासम्म परिषद् नगर्ने स्थानीयबासीको अडान छ ।
सोमबार सिमकोट गाविस सचिव धर्मराज रोकाय र सहायक प्रमुख जिल्ला अधिकारी रिद्धप्रसाद सिटौला र जिल्ला विकास समितिबाट रामप्रसाद अधिकारीको सहभागितामा परिषद् सञ्चालन गर्ने भनिएता सहमति हुन सकेन ।
डाँडाफायाँ गाविस निवासी केश शाहीका अनुसार गाविसमा जाने रकम अनियमितता गरेको बारे बारम्बार कुरा उठाउदा समेत सम्बन्धित निकायले बेवास्ता गर्दै आएको थियो । हिनामिना रकमबारे छानबिन समिति गठन गर्दा पनि जिल्ला विकास समितिले सुनुवाइ नगरेको शाहीले बताइन । सोही गाउँका दीपबहादुर शाहीले सचिव देवकोटाले गरेको हिनामिना रकममा कुरा नमिल्दा परिषद् रोकिएको बताए ।
गाउँ परिषद् सञ्चालनलाई सहज वातावरण बनाउन भन्दै डाँडाफया पुगेका सहायक प्रमुख अधिकारी सिटौलाका अनुसार हरेक वर्ष हुम्ला जिल्लाका कतिपय गाविसमा जाने सामाजिक सुरक्षा भता गाविसकै सचिवहरुको मिलेमोतोमा हिनामिना गर्छन । यस पटक भने जिल्ला विकास समिति भने यसपटक ताकेता लगाएको छ । गाविस सचिवहरुले रकम हिनामिना गर्दै आएको सिटौलाले स्वीकार गरेका छन ।
स्थानीय विकास अधिकारी बलदेव प्रसाद जोशीले रकम हिनामिना गरेको पाइए कानुनअनुसार कारवाही गर्ने बताउँछन् । तत्कालिन गाविस सचिव देवकोटकै पालको रकम अनियमिता देखिएको भन्ने गुनासो आएको जोशीले बताए ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












