कर्म : नेपाली समाजको दपर्ण

जस्तो कर्म ग¥यो त्यस्तै फल पाइने हो । जे रोप्यो त्यहीँ फल्ने हो । भोलि कस्तो नागरिक बनाउने ? आज बालबालिकामा हामीले कस्तो लगानी गरेका छौं ,त्यहीँ अनुसार भोलि निर्धारण हुने हो ।हाम्रो समाज कता गइरहेको छ ?यो थाहा पाउन आज हाम्रा बालबालिकाको अवस्था कस्तो छ भनेर हेर्नुपर्छ । त्यो हेर्न बालबालिका बीचमा जानुपर्ने हुन्छ ।हामीले भोलिका लागि कस्तो जनशक्ति उत्पादन गरिरहेका छौं ? यो प्रश्न पेचिलो छ….।’ (सानाको संसारमा – पृष्ठ : १५)
दामोदर न्यौपानेले आफ्नो पुस्तक कर्म : सिकाइमा गहिरिएको खाडलमा गरेको पेचिलो प्रश्न हो यो । संस्मरण विधाको यो पुस्तक अहिलेको नेपाल र नेपाली समाजको दर्पण हो । लेखकले आफ्नो पत्रकारिताको दौरानमा समाजमा जे देखें जस्तो देखें त्यो वस्तुगत सत्यतथ्यलाई आत्मपरक शैलीमा पुस्तकमा उतारेका छन् । उनले पाठकलाई आफु सँगसँगै कहिले गुल्मी पु¥याउँछन्, कहिले रामेछाप, कहिले गोरखाको बारपाक, कहिले सिन्धुपाल्चोकको ठोकर्पा त कहिले चितवनको कान्दा पु¥याउँछन् । ‘नेपालले छिट्टै प्रगति गर्न नसक्नुको धेरै कारण छन् । धेरै मध्ये मुख्य कारणचाहिँ विज्ञान प्रविधिको प्रयोग नगर्नु हो …।’ (विज्ञान –पृष्ठ : ६९)
लेखकले काठमाडौंको कान्जिरोवा स्कुलको प्रसङ्ग जोड्दै नेपालमा सानातिना वैज्ञानिक जन्मिए पनि तिनीहरूलाई कहिल्यै प्रोत्साहन नगरिएको र विज्ञान हाम्रो प्राथमिकतामा कहिल्यै नपरेको कुरा उल्लेख गरेका छन् । जसका कारण नेपाल विश्व मानै पछाडि परिरहेको छ। त्यस्तै उनले हातधुने दिवसदेखि स्तनपान के कसरी गराउँदा आमा र बच्चा दुवैलाई फाइदा हुन्छन् भन्ने प्रसङ्ग पनि जोडेका छन् । पेज १४१ को सुनको कचौरामा भीख शीर्षकमा ।
लेखकले नेपाल प्राकृतिक स्रोत साधनले भरिपुर्ण रहेको र यहाँ विश्वमै नपाइने जडिबुटीहरु प्रशस्त मात्रामा रहेपनि हामीहरुले त्यसको महत्वलाई बुझ्न नसक्दा सुनको कचौरामा भीख मागिरहेका छौं भन्ने प्रसङ्गले हामीलाई सोचमग्न गराएको छ।उनले पुस्तकमा योगको उत्पति कहाँबाट कसरी भयो ? यसका फाइदाहरुदेखि लिएर योगासनका बारेमा पनि उल्लेख गर्दै पेज नं २२८ को आत्मबल शीर्षकमा भुइँचालोको प्रसङ्ग जोड्दै भूइँचालो के कारणले कसरी जान्छ र यसबाट बाँच्नका लागि हाम्रो भौतिक संरचना र पूर्व तयारी के कस्तो हुनुपर्छ ? भन्ने कुरा पनि उल्लेख गरेका छन् ।
त्यस्तै उनले २०७२/१/१२ गते गएको भुइँचालोमा सबैभन्दा बढि बालबालिका र महिला प्रभावित भएका र राहत वितरणमा देखिएको अन्योलता अनि लापरबाहीको पनि चर्चा गरेका छन् । पेज २६४ को कुसंस्कार शीर्षकमा हाम्रो समाजमा ब्याप्त बाल बिबाह कलङ्क हो भन्दै उनले आफ्नो यात्राका क्रममा विभिन्न जिल्लाका बालबालिकासँगको संवाद प्रस्तुत गर्दै २०६८ सालको जनगणना अनुसार १ लाख ३८ हजार बालबालिकाले १० वर्ष नपुग्दै बिबाह गरेको तथ्यांक उल्लेख गरेका छन् । ‘हाम्रो समाजलाई हिंसाले गालेको छ । देश दुश्चक्रमा फसेको छ । हिंसामा पनि महिला हिंसा डरलाग्दो छ । यौन दुर्ववहार कहालीलाग्दो छ । हिंसा र भ्रष्टाचारमा मात्रै सुधार आए धेरै राम्रो हुने थियो हाम्रो समाज ।’ (संस्कार–पृष्ठ : २७०)
‘यहीँ शीर्षकको पेज २७४ मा नेपालमा ८० प्रतिशत बालबालिका कुनै न कुनै रुपमा यौन हिंसाको शिकार भएको तथ्य उल्लेख गरिनुले हाम्रो समाजको कुसंस्कारलाई यो शीर्षकले छर्लङ्ग पारेको छ।’ सहरका सरकारी स्कुल श्रमिक पढ्ने स्कुलमा परिणत हुँदै गएका छन्।मैले केही स्कुलको अध्ययन गर्दा पाएको तथ्य र त्यहाँका शिक्षकसँगको कुराकानीका आधारमा यो निचोड निकालेको हुँ …।’ (श्रमिक पढ्ने स्कुल–पृष्ठ : २९०)
यो भनाइले अहिलेको नेपालको सरकारी विद्यालयको अवस्थालाई उजागर गरेको छ।त्यस्तै लेखकले पेज नं ३०१ मा चितवन कान्दाको भौगोलिक विकटता, बालबालिकाको समस्या, गाउँको समस्याको उल्लेख गर्दै त्यहाँको मानवियता र आत्मियताको खुलेर प्रसंसा गरेका छन् । उनले नियति शीर्षकको पेज ३१२ मा २१ औ शताब्दीको यो विज्ञान र प्रविधिको युगमा चितवन कान्दाका एकै घरका चेपाङ परिवारले च्याउ खाएकै कारण ८ जनाले मृत्युु वरण गर्नु परेको तितो यथार्थ र काठमाडौंका अस्पतालहरुको प्रशाशनिक ब्यथीति र अमानवीय व्यबहारलाई जस्ताको तस्तै उल्लेख गरेका छन्।

यो पुस्तक पढ्दै जाँदा पाठकलाई लेखकसँगै यात्रा गरिरहेको अनुभूति हुन्छ भने लेखक सँगसँगै पाठक पनि कहिले भावुक त कहिले आशाको उज्यालो किरण देख्न थाल्छ र आफुलाई पनि केही सुधार्ने प्रयास गर्छ । लेखकले पुस्तकमा अटिजम भएका बालबालिकादेखि अपाङ्ग, दृष्टि विहीन त्यस्तै बाल श्रमिक र अन्धाधुन्ध आन्दोलन अनि जुलुसहरुमा प्रयोग गरिएका बालबालिकाको दुखद् प्रसङ्ग पनि उल्लेख गरेका छन् । पुस्तक पढ्दै जाँदा यस्तो लाग्छ लेखक स्वयं सरल छन् जहाँ जोसुकैसँग चाडैं घुलमिल हुन सक्छन् । आफुले बुझ्नुपर्ने कुरा बुझि छाड्छन् । स–साना विषयवस्तुलाई गहिरिएर अध्ययन गर्ने बानी र त्यस्तै स–साना कुराले पनि भावुक बनाउने कुरा भिमटारमा भुइँचालोले पुरेर उद्दार गरिएको भैैंसी ३ दिनमा मरेको प्रसङ्गले देखाउँछ ।
जम्मा ३५२ पृष्ठ, ५६ शीर्षक र ४० तस्बिर समेत समावेश गरि लेखिएको यो पुस्तक अरु विधा जस्तो भावना र कल्पना कल्पनामा डुबेर अनि कोठामा सुतेर लेखिएको पुस्तक होइन । लेखक स्वयं गाउँ, गाउँमा गएका छन् । बालबालिकासँग प्रत्यक्ष भेटघाट गरि उनीहरूका समस्या सुनेका छन् । जे सुने अनि देखे त्यो सत्यतथ्य प्रष्ट लेखेका छन् । समाजका समस्या ग्रस्त व्यक्तिहरुलाई प्रत्यक्ष भेटेर उनीहरूका समस्या सुनिसकेपछि त्यसको समाधान के हुनसक्छ ? त्यसका बारेमा पनि उल्लेख गरेका छन् । यसरी सबै विषयवस्तु र क्षेत्रलाई समेटेर लेखिएको यो पुस्तक संस्मरण विधा भएकोले वस्तुगत सत्यतथ्य र वास्तविकतालाई पूर्ण रुपमा अवलम्बन गरिएको छ ।
पुस्तक पढ्दै जाँदा पेज १६८ देखि २३८ सम्मका १४ वटा शीर्षकहरु सबै विभिन्न स्थानका भूइँचालोसँग सम्बन्धित विषयवस्तु भएकोले पाठकलाई कतिबेला यो लामो विषयवस्तु सकेर अर्को विषयवस्तुमा प्रवेश गरौं ? जस्तो अनुभूति भएको छ भने भाषिक शुद्दाशुद्दीका हिसाबले पेज नं .१७१ मा ‘उठाए’ हुनुपर्नेमा ‘उठाउ’ भएको, पेज नं. १८३ मा ‘केही’ हुनुपर्नेमा ‘कोही’ भएको, पेज नं.१९२ मा ‘तेर्स्याइन’ हुनुपर्नेमा ‘तेर्स्यान’ भएको, पेज नं. २१५ मा ‘आएछ’ हुनुपर्नेमा ‘आउँछु’ भएको र पेज नं.३०० मा ‘उठाए’ हुनुपर्नेमा ‘उठाउ’ भएको बाहेक पुस्तक समग्रमा अभिभावक, शिक्षक, लेखक, विद्यालय, अधिकारकर्मी सबैका लागि सान्दर्भिक र उपयोगी छ ।
लेखकले पुस्तकमा सिकाइमा गहिरिएको खाडल मात्रै उल्लेख नगरी बालबालिकाका क्षेत्रमा काम गर्नेहरुका लागि योजना, नीति तथा कार्यक्रम तर्जुमा गर्नका लागि मार्ग्निर्देशन समेत गरेका छन् । अहिले बजारमा आइरहेका कथा, उपन्यास पुस्तकहरुको भीडमा यो संस्मरण विधाको कर्म पुस्तक पाठकहरुका लागि ज्ञानमुलक मिठो स्वाद हो ।
कतिपयलाई संस्मरण विधा कथा र उपन्यास जस्तो रसिलो नलाग्न पनि सक्छ किनकि यो विधामा पाठकका चाहना बमोजिम कल्पना, भावना अनि आदर्शका चिल्ला कुरा समेटिएको हुँदैन । जे देख्यो, जस्तो भट्यो त्यो विषयवस्तुलाई जस्ताको तस्तै उल्लेख गरिने विधा भएकाले पाठकले पुस्ढतक पढ्दै जाँदा आफ्नै गाउँ, समाज अनि देशको समस्या र विशेष बालबालिका र महिलाहरुको समस्यालाई नजिक बाट नियाल्ने अवसर पाउँने छन् ।
Comments
अरु समाचार
-
चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ।...
-
राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
नेपाल सरकारले मलाई सन् २०२४ को अगष्ट २९ का दिन ल्हासाका लागि महावाणिज्यदूतका रुपमा नियुक्त गरेपछि ममा एक प्रकारको खुशी...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’
सागर पण्डित (विचार): सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्डका रुपमा रहेका संवैधानिक निकायहरु– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
मृत्युनजिक पुगेको मानिसले कस्तो अनुभव गर्छ ?
काठमाडौं । मृत्यु जीवनको अन्त्य हो, यसको बारेमा हाम्रो ज्ञान धेरै सीमित छ। जब स्नायु प्रणालीको अध्ययन गर्ने वैज्ञानिक जिमो...
-
नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश: बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी...
-
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
काठमाडौं । जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली...












