सभासदको पहलले पोकली गाबिसमा हेलिकप्टरबाटै पैसा पु¥याइयो
ओखलढुंगा, ११ माघ । ओखलढुंगाको दुर्गम तथा पर्यटकीय गाबिस पोकलीका जनताले आफ्नै गाउँमा भुकम्प प्रभाबितको पहिलो किस्ता सोमबार पाएका छन् । हेलिकप्टरमार्फत गाउँमै पैसा पाएपछि उनिहरुले जिल्लाका सभासदलाई धन्यबाद समेत दिएका छन् । ४ सय ६६ घरधुरीलाई ५० हजार रुपैयाँका दरले २ करोड ३३ लाख रुपैयाँ बितरण गरिएको थियो । दलिय स्वार्थभन्दा माथि रहेर कार्य गरेका कारण हेलिकप्टरमा जनताको घरसम्म पैसा पुराउन सकिएको ओखलढुंगाका काँग्रेस सभासद रामहरी खतिवडाले बताए । आफ्नो ब्यक्तिगत पहलमा हेलिकप्टरको ब्यबस्था मिलाएका सभासद खतिवडाले जनतासँग १ रुपैयाँ पनि नलिएको बताए । उनले ओखलढुंगामा हेलिकप्टरबाटै जनताका घरसम्म पैसा लगिएको अन्य जिल्लाका लागि उदारहणीय कार्य भएको बताए । कार्यक्रममा एमाले सभासद हर्कबोल राइले घर निर्माणका लागि पाएको पैसा घर निर्माणमै प्रयोग गर्न अनुरोध गर्दै अन्य कार्यमा खर्च नगर्न अनुरोध गरे ।
१९ हजार ८ सय १९ घरमा क्षती पुगेको ओखलढुंगा जिल्लाको पोकली गाबिसमा ४ सय ७६ घर धुरीमा क्षती पुुगेको छ । १० परिवारको कागजी प्रकृया नपुगेका कारण उनिहरुलाई प्रक्रिया पछिमात्र रकम उपलब्ध गराइने छ । स्वास्थ्य सिबिर, नागरिकता टोली र शुरक्षा निकायका लागि लाग्ने खर्च प्रशासन बाटै बेहोरिने भएको छ । ३ दिन सम्म घुम्ती स्वास्थ्य सिबिर, नागरिकता टोली पोकली गाबिसमा बस्ने र सर्बसाधारणलाई सेवा प्रदान गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












