सभासदको पहलले पोकली गाबिसमा हेलिकप्टरबाटै पैसा पु¥याइयो
ओखलढुंगा, ११ माघ । ओखलढुंगाको दुर्गम तथा पर्यटकीय गाबिस पोकलीका जनताले आफ्नै गाउँमा भुकम्प प्रभाबितको पहिलो किस्ता सोमबार पाएका छन् । हेलिकप्टरमार्फत गाउँमै पैसा पाएपछि उनिहरुले जिल्लाका सभासदलाई धन्यबाद समेत दिएका छन् । ४ सय ६६ घरधुरीलाई ५० हजार रुपैयाँका दरले २ करोड ३३ लाख रुपैयाँ बितरण गरिएको थियो । दलिय स्वार्थभन्दा माथि रहेर कार्य गरेका कारण हेलिकप्टरमा जनताको घरसम्म पैसा पुराउन सकिएको ओखलढुंगाका काँग्रेस सभासद रामहरी खतिवडाले बताए । आफ्नो ब्यक्तिगत पहलमा हेलिकप्टरको ब्यबस्था मिलाएका सभासद खतिवडाले जनतासँग १ रुपैयाँ पनि नलिएको बताए । उनले ओखलढुंगामा हेलिकप्टरबाटै जनताका घरसम्म पैसा लगिएको अन्य जिल्लाका लागि उदारहणीय कार्य भएको बताए । कार्यक्रममा एमाले सभासद हर्कबोल राइले घर निर्माणका लागि पाएको पैसा घर निर्माणमै प्रयोग गर्न अनुरोध गर्दै अन्य कार्यमा खर्च नगर्न अनुरोध गरे ।
१९ हजार ८ सय १९ घरमा क्षती पुगेको ओखलढुंगा जिल्लाको पोकली गाबिसमा ४ सय ७६ घर धुरीमा क्षती पुुगेको छ । १० परिवारको कागजी प्रकृया नपुगेका कारण उनिहरुलाई प्रक्रिया पछिमात्र रकम उपलब्ध गराइने छ । स्वास्थ्य सिबिर, नागरिकता टोली र शुरक्षा निकायका लागि लाग्ने खर्च प्रशासन बाटै बेहोरिने भएको छ । ३ दिन सम्म घुम्ती स्वास्थ्य सिबिर, नागरिकता टोली पोकली गाबिसमा बस्ने र सर्बसाधारणलाई सेवा प्रदान गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












