जयनगर–जनकपुर–बर्दिबास रेलमार्गको निर्माण समयमै नसकिने संकेत
धनुषा १४ माघ । जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेलमार्ग आठ वर्षअघि सम्झौता भए पनि निर्माणको काम विभिन्न कमजोरीका कारण समयमा हुनसकेको छैन । भौतिक निर्माण तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले एक वर्ष भित्रमा जयनगरदेखि जनकपुरसम्म रेल चलाउन निर्देशन दिएपनि रेल सञ्चालन हुने अवस्था देखिँदैन ।
सन् १९९४ सालदेखि सञ्चालनमा आएको जनकपुर–जयनगर–विजलपुरा रेल सेवा अहिले बन्द छ । तीन वर्षअघि भारतीय सीमावर्ती क्षेत्र जयनगरदेखि जनकपुरसम्म ब्रोडगेज रेलमार्ग निर्माणको काम सुरु गरिए पनि विभिन्न प्राविधिक र निर्माण कार्यमा भएको ढिलाइले काम समयमै सकिने छाँटकाँट नदेखिएको नायक इन्फ्रास्ट्रक्चर लिमिटेड, असम, भारतका प्रोजेक्ट म्यानेजर आदित्य सेनापतिको भनाइ छ ।
जम्मा ६९ किलोमिटरको यो रेलमार्ग निर्माणका लागि भारत सरकारले भारु पाँच अर्ब ५० करोड सहयोग गरेको छ । रेल सेवा बन्द भएपछि धनुषा, महोत्तरीलगायत सीमावर्ती क्षेत्रका स्थानीयवासी यातायातको सुविधाबाट वञ्चित हुनुपरेको धनुषा लखौरीका स्थानीयवासी सुनिल सिंह बताउँछन् ।जयनगरदेखि महुवासम्मको २७ किलोमिटरमा माटो, ग्राभेल बिछ्याउनुका साथै पुलपुलेसाको निर्माणको जिम्मेवारी पाएका ठेकेदारले सरोकारवालाले निर्माण सामग्री ढुवानीको वातावरण नबनाएका कारण एक वर्षभित्र काम पूरा नहुने बहाना बनाउँदै आएका छन् ।
त्यसैगरी, रेलसेवा बन्द हुँदा भारत नेपाल बीचको द्विदेशीय पारवहनसमेत प्रभावित भएको छ । विभागीय मन्त्रीलगायत सरोकारवालाले एक वर्षभित्र रेल सञ्चालनमा ल्याउने आश्वासन मात्र बाँड्नेभन्दा तोकिएको समयमा काम सम्पन्न गर्नेतिर ध्यान दिन जरुरी देखिएको स्थानीय बताउँछन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












