व्यवसायिक कर व्यवसायकै हितमा
सुर्खेत/सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले राज्यलाई व्यवसायिले तिर्ने कर व्यवसायीकै हीतमा खर्च हुनुपर्नेमा बताएका छन् । वीरेन्द्रनगर नगरपालिकाका नया कार्यकारी अधिकृत विमलराज गौतमलाई आज (शुक्रबार) संघमा स्वागत तथा परिचयात्मक कार्यक्रममा उहाँले यस्तो जोड दिनुभएको हो ।
पछिल्लो समय व्यवसायिक करबाट संकलन भएको रकमबाट बजेट विनियोजन गरी नगर क्षेत्रमा सीसीक्यामेरा जडान शुरु गरिएको प्रसंग उठाउँदै अध्यक्ष अधिकारीले भन्नुभयो–‘व्यवसायीको हकमा खर्च हुन्छ भने व्यवसायी दिल खोलेर कर तिर्न तयार छन ।
करप्रतिको जिम्मेवारी र राज्यप्रतिको अपनत्व बढाउनका लागि करको दरभन्दा पनि दायरा बढाउनुपर्ने आवश्यक्तापनि उहाँले औंल्याउनु भएको छ ।
उद्यमशीलता विकासका लागि नगरपालिकाले दिएको तालिम, केवल तालिममा मात्र सीमित भएको भन्दै अध्यक्ष अधिकारीले सार्वजनिक–निजी साझेदारीमा व्यवहारिक र उपयोगी तालिम दिनुपर्ने बताउनुभयो ।
प्रान्तीय राजधानीका रुपमा रहेको वीरेन्द्रनगरलाई स्वच्छ र स्वस्थ राख्नका लागि सडकको दुबै छेऊमा जडीबुटीजन्य वोटविरुवा रोपेर हर्बल सीटीका रुपमा विकास गर्नुपर्ने अवधारणापनि उहाँले अघि सार्नुभएको छ । ‘यसो गर्न सकिए, बजारको सुन्दरता र स्वच्छतापनि बढ्छ । उहाँले भन्नुभयो–‘नियमित आम्दानीको स्रोत पनि बढ्नसक्छ ।’
यस्तै, नगरपालिकाका कार्यकारी अधिकृत गौतमले वीरेन्द्रनगरलाई आपूmले क्लिन सीटी (सफा शहर) ग्रीन सीटी (हरित शहर) रिच सीटी (सम्पन्न शहर) र ब्राइट सीटी (उज्यालो) शहर बनाउने अधिकतम प्रयत्न गर्ने प्रतिवद्धता जनाउनुभयो ।
संघीय राजधानीका रुपमा रहेको सुर्खेतमा व्यापार व्यवसायका साथै कृषिको व्यवसायिकीकरण र औद्योगिकीकरणका लागि पनि नगरपालिकाका तर्फबाट गर्नसकिने कामबारे छलफल एवं सहकार्य गरेर अघि बढ्ने उहाँको भनाई छ ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेतिले जग्गा व्यवसायका नाममा प्लटिङ र खण्डिकरण गर्दा दीर्घकालीन रुपमा नकारात्मक प्रभाव बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
प्रान्तीय राजधानीका रुपमा रहेको सुर्खेतलाई सोहिबमोजिम विकास गर्नका लागि दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिंदै उहाँले त्यहीअनुसारका पूर्वाधार तथा संरचना निर्माण गर्न तत्काल शुरु गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












