व्यवसायिक कर व्यवसायकै हितमा
सुर्खेत/सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले राज्यलाई व्यवसायिले तिर्ने कर व्यवसायीकै हीतमा खर्च हुनुपर्नेमा बताएका छन् । वीरेन्द्रनगर नगरपालिकाका नया कार्यकारी अधिकृत विमलराज गौतमलाई आज (शुक्रबार) संघमा स्वागत तथा परिचयात्मक कार्यक्रममा उहाँले यस्तो जोड दिनुभएको हो ।
पछिल्लो समय व्यवसायिक करबाट संकलन भएको रकमबाट बजेट विनियोजन गरी नगर क्षेत्रमा सीसीक्यामेरा जडान शुरु गरिएको प्रसंग उठाउँदै अध्यक्ष अधिकारीले भन्नुभयो–‘व्यवसायीको हकमा खर्च हुन्छ भने व्यवसायी दिल खोलेर कर तिर्न तयार छन ।
करप्रतिको जिम्मेवारी र राज्यप्रतिको अपनत्व बढाउनका लागि करको दरभन्दा पनि दायरा बढाउनुपर्ने आवश्यक्तापनि उहाँले औंल्याउनु भएको छ ।
उद्यमशीलता विकासका लागि नगरपालिकाले दिएको तालिम, केवल तालिममा मात्र सीमित भएको भन्दै अध्यक्ष अधिकारीले सार्वजनिक–निजी साझेदारीमा व्यवहारिक र उपयोगी तालिम दिनुपर्ने बताउनुभयो ।
प्रान्तीय राजधानीका रुपमा रहेको वीरेन्द्रनगरलाई स्वच्छ र स्वस्थ राख्नका लागि सडकको दुबै छेऊमा जडीबुटीजन्य वोटविरुवा रोपेर हर्बल सीटीका रुपमा विकास गर्नुपर्ने अवधारणापनि उहाँले अघि सार्नुभएको छ । ‘यसो गर्न सकिए, बजारको सुन्दरता र स्वच्छतापनि बढ्छ । उहाँले भन्नुभयो–‘नियमित आम्दानीको स्रोत पनि बढ्नसक्छ ।’
यस्तै, नगरपालिकाका कार्यकारी अधिकृत गौतमले वीरेन्द्रनगरलाई आपूmले क्लिन सीटी (सफा शहर) ग्रीन सीटी (हरित शहर) रिच सीटी (सम्पन्न शहर) र ब्राइट सीटी (उज्यालो) शहर बनाउने अधिकतम प्रयत्न गर्ने प्रतिवद्धता जनाउनुभयो ।
संघीय राजधानीका रुपमा रहेको सुर्खेतमा व्यापार व्यवसायका साथै कृषिको व्यवसायिकीकरण र औद्योगिकीकरणका लागि पनि नगरपालिकाका तर्फबाट गर्नसकिने कामबारे छलफल एवं सहकार्य गरेर अघि बढ्ने उहाँको भनाई छ ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेतिले जग्गा व्यवसायका नाममा प्लटिङ र खण्डिकरण गर्दा दीर्घकालीन रुपमा नकारात्मक प्रभाव बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
प्रान्तीय राजधानीका रुपमा रहेको सुर्खेतलाई सोहिबमोजिम विकास गर्नका लागि दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिंदै उहाँले त्यहीअनुसारका पूर्वाधार तथा संरचना निर्माण गर्न तत्काल शुरु गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












