वीर अस्पताल सर्ने खबरले भक्तपुरमा जग्गाको मूल्य अकासियो
काठमाडौं, १६ माघ । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को केही अंश भक्तपुरस्थित दुवाकोटमा सार्ने खबरले यस क्षेत्रको जग्गाको मूल्य अकासिएको छ । दुवाकोटमा गत वर्षसम्म प्रतिआना दुईदेखि तीन लाख रुपियाँ मूल्य रहेको जग्गाको अहिले प्रतिआना आठ लाखदेखि १२ लाख रुपियाँसम्म पुगेको छ भने भक्तपुरका अन्य क्षेत्रमा पनि जग्गाको मूल्य अकासिएको छ। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ। भक्तपुरको सिर्जनानगर, कटुन्जे, सल्लाघारी, दूधपाटी, सूर्यविनायक, थिःमि क्षेत्रमा गतवर्ष प्रतिआना सात लाखदेखि १० लाख रुपियाँसम्म पर्नेमा हाल ती क्षेत्रमा आनाकै १७ देखि २२ लाख रुपियाँसम्म पुगेको छ। दुवाकोटका स्थानीय हेम खत्रीले गत वर्ष मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को केही अंश भक्तपुरस्थित दुवाकोटमा सार्ने निर्णय गरेलगत्तै दुवाकोटलगायत नजिकका क्षेत्रमा जग्गाको मूल्य तेब्बर भएको बताए। खत्रीले वीर अस्पताल बन्न अझै वर्षौँ लाग्ने भए पनि जग्गाको भाउ भने अत्यधिक बढेको जानकारी दिए । वीर अस्पताल बन्ने हल्लाका कारण यहाँका स्थानीयवासी ढल, यातायात लगायत विभिन्न सेवा सुविधाको विकास हुनेमा निश्चिन्त छन् । भक्तपुरका हरिश लामाले अस्पतालको केही अंश दुवाकोटमा सार्ने हल्लाले गर्दा दुवाकोटमा मात्र नभई वरिपरिका स्थानहरू चाँगुनारायण, झौखेल, कमलविनायक, व्यासी लगायत क्षेत्रमा जग्गाको मूल्य अकासिएको बताए । सरकारले निर्णय गरे पनि हालसम्म भक्तपुरस्थित दुवाकोटमा वीर अस्पताल सर्ने कुनै निश्चित भइसकेको छैन । चिकित्सा विज्ञान राष्ट्रिष्य प्रतिष्ठान (वीर अस्पताल) का उपकुलपति प्राडा गणेश गुरुङले हाल दुवाकोटमा रहेको सार्वजनिक जग्गा अस्पतालको नाममा आइनसकेको जानकारी गराउँदै भने, ‘अहिले जग्गा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को नाममा ल्याउने प्रक्रिया सुरु भएको छ।’
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












