‘नेपालको पुष्प निर्यात गर्न कम्तिमा सय हेक्टर क्षेत्रफलमा ग्रिनहाउस निर्माण गर्नुपर्छ’
काठमाडौ।नेपालको पुष्प निर्यात गर्न कम्तिमा सय हेक्टर क्षेत्रफलमा ग्रिनहाउस निर्माण गर्नुपर्ने पुष्प बिज्ञहरुले सुझावदिएका छन्।
पुष्पव्यवसायीहरुको छाता संगठन फ्लोरिकल्चर एशोसिएसननेपाल ‘फ्यान’ लेराजधानीमा आयोजना गरेको एक कार्यक्रममा सहभागीभएका बिज्ञ तथा व्यवसायीहरुले यस्तो धारणाराखेका हुन्।
व्यवसायी तथा बिज्ञहरुले नेपालको आन्तरिक बजारको माग धानेर भारतसहित तेश्रो मुलुकमा पुष्प निर्यात गर्न ग्रिन हाउसलाई सुझावको रुपमा अघिसारेका छन्।
खुला स्थानमा पुष्प उत्पादन गर्दा विभिन्न प्रकारका हानिकारक किराले पुष्पकोभित्री भागमा फूल पार्ने र यो फूल विस्तारै किरामा परिणत भएर अन्तर्रा्ष्ट्रिय बजारमापुष्पको निर्यातमा अवरोध सिर्जना गर्दै आएको छ ।
ग्रिन हाउसमा पुष्पको खेती गर्दा यस्ता किराबाट जोगिने र उत्पादनमा पनि झण्डै करिब १० गुणा बढी बृद्धि हुने भएकाले बिज्ञहरुले ग्रिन हाउसकोआवश्यकताऔल्याएका हुन्।
फ्यानका पूर्व अध्यक्षलोकनाथ गैरेका अनुसार आधुनिक प्रविधि अनुसार ग्रिन हाउसमा पुष्पको खेती गर्दाआन्तरिक बजारको माग पनि धानिने र निर्यात पनि गर्न सकिनेसुझाव दिए।
उनका अनुसार नेपालमा एक सय ४१ हेक्टरमा पुष्पको खेतीहुँदै आएको छ।त्यसमध्ये ३० हेक्टरमा हाल ग्रिन हाउस निर्माण गरी व्यवसायिक रुपमा पुष्पको खेतीहुँदै आएकोछ।थप सय हेक्टर क्षेत्रफलमा ग्रिन हाउस निर्माण गरी आधुनिक प्रविधिको सहयोगमा पुष्पखेती सकिए निर्यात गर्न सहज हुने पूर्व अध्यक्ष गैरेले जानकारी दिए। ‘ग्रिन हाउसमा पुष्प खेती गर्दा ग्रिन हाउसमा विभिन्न प्रकारका किरा प्रवेश गर्ने खतरा पनि हुन्न्,’ उनले भने,‘ग्रिन हाउसमा किरा प्रवेश नगर्दा अन्तर्रा्ष्ट्रियबजारको माग अनुसार गुणस्तरयुक्त पर्याप्त परिमाणमा पुष्पको उत्पादन हुन्छ।जसलेगर्दाआन्तरिकबजारकोमागसम्बोधनगर्ननिर्यातगर्नपनिसहजहुन्छ।’
फ्यानका वर्तमान अध्यक्ष कुमार कसजु श्रेष्ठले सय हेक्टरमा ग्रिन हाउस निर्माण गर्न कम्तिमा पाँच अर्बरु पैयाँ लाग्ने जानकारीदिए।प्रति स्क्वायरमिटर ग्रिन हाउसलाई पाँचहजार रुपैयाँ लाग्छ।एक हेक्टरमा१०हजार स्क्वायरमिटर हुन्छ।श्रेष्ठले ग्रिन हाउससँगै कोल्ड रुम, चिल्लर, रेफ्रिजरेटेड भ्यान, आधुनिक ड्रिप सिंचाई, फयुमिगेसन सेन्टर लगायतकोसुविधा भयोभनेअहिले आयात हुदैँ आएकोभारतीयपुष्पको बजार हिस्सालाई विस्थापन गर्न सकिन्छ।
‘ग्रिन हाउसर आधुनिक प्रविधिसहितको भौतिक पूर्वाधारमा लगानी लगाउन सकियो भने नेपाल पुष्पखेतीमा आत्मनिर्भर हुन सक्छ,’ श्रेष्ठलेभने,‘ अहिले कूल मागको करिब २० प्रतिशत मात्रै अन्य मुलुकबाट पुष्पकोआयात हुन्छ।थप पाँच अर्ब लगानी हुन सक्यो भने वार्षिक रुपमा सवा अर्ब मूल्यबरावरको पुष्प निर्यात गर्न नेपाल सक्षम हुनेछ।’पुष्प क्षेत्रमा नीजि क्षेत्रको पाँच अर्बको लगानी छ। हाल वार्षिक रुपमा भारतबाट १० करोड मूल्य बराबरको पुष्प आयात हुँदै आएकोछ।यस्तै नेपालमा उत्पादन हुने पुष्प मध्ये ताजा पुष्पर बल्व भन्ने जातको पुष्प गरी करिब तीन करोड ५० लाख मूल्य बराबरको निर्यात हुँदै आएकोछ।नेपालमा ३९ जिल्लामा ६ सय ७५ पुष्प फर्म तथा नर्सरीमा पुष्प खेती हुन्छ।बार्षिकरुपमा आन्तरिक र वाह्यवजार गरी करिब डेड अर्ब मूल्य बराबरको कारोबार हुँदैआएको छ।
आर्थिक बर्ष २०७१ / ७२ देखि कृषि विकास मन्त्रालयले कार्यान्वयनमा ल्याएको पुष्प प्रवद्र्धन नीतिपछि सरकारले पनि पुष्प क्षेत्रमा लगानी लगाउन सुरु गरेको छ।सरकारले उपलब्ध गराउने लगानीको ८०प्रतिशत रकम ग्रिन हाउस र आधुनिक भौतिक पूर्वाधारमा खर्च भइरहेको छ। चालुआर्थिक बर्ष २०७३।७४मा कृषि विकास मन्त्रालय लेफ्यानलाई चारकरोड ७४ लाख रुपैयाँ उपलब्धगरा एकोछ।
मन्त्रालयका उपसचिव शंकर सापकोटाले १० बर्ष अघिकरिब ९० प्रतिशत आयातित पुष्पमा निर्भर रहेको नेपाल विस्तारै आत्मनिर्भरतर्फ उन्मुख भएको जानकारी दिए।पुष्प विकास केन्द्रका प्रमुख द्रोणराज काफ्लेले पुष्प क्षेत्रको विकास र प्रवद्र्धन गर्न केन्द्र स्थापना भएपनि मन्त्रालयको असहयोगकाकारण कुनै योजना अघि बढाउन नसकेको गुनसो पोखे।
राष्ट्रिय तथ्यांक विभागका अनुसार २०६० देखि २०७० को अवधीमा सबै भन्दा बढी पुष्प खेतीको विकास भएको भेटिएको छ।यो अवधीमा दुईसय ९९ वटा फार्म स्थापना भएर व्यवसायिक रुपमा उत्पादन गर्दै आएको छ।
Comments
अरु समाचार
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...











