संविधान कार्यान्वयन अहिलेको प्रमुख राष्ट्रिय आवश्यकता हो : उपप्रम निधि
फलेवास (पर्वत), माघ १६ गते । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो लोकप्रियता बढाउनका लागि एमालेले राष्ट्रियताका विषयमा भ्रम फैलाएको आरोप लगाउनुभएको छ ।
पर्वतको कुश्मास्थित सहिदस्मारक आवासीय माध्यामिक विद्यालयको आज यहाँ आयोजित रजतजयन्ती समारोहमा उहाँले भन्नुभयो “एमालेले सङ्घीयता नचाहेकाले अनावश्यक भ्रम फैलाउने काम गरेको छ ।”
उपप्रधानमन्त्री निधीले मधेसलाई अर्को देशको देख्ने र हिमाल पहाडको दुरी बढाएर मुलुकमा अस्थिरता ल्याउने काम एमालेले गर्न खोजेको बताउँदै मधेसीले उठाएका जायज मागसमेत एमालेले पूरा गर्न नखोजेको धारणा व्यक्त गर्नुभयो ।
“संविधानको पूर्ण कार्यान्वयनका लागि मुलुकमा निर्वाचन गर्नुपर्ने अहिलेको प्रमुख राष्ट्रिय आवश्यकता हो,” उहाँले भन्नुभयो – निर्वाचन गराउनका लागि भएपनि संविधान संशोेधनमा सघाउन एमालेलाई आग्रह गर्नुभयो ।
नेपाली काँग्रेसका नेतासमेत रहनुभएका उपप्रधानमन्त्री निधीले ‘संविधान संशोधनका लागि एमालेले पछिल्लो समयमा देखाएको लचकता सकारात्मक भएको बताउँदै संविधान कार्यान्वयनका लागि आगामी २०७४ माघ ७ गतेभित्र तिनै तहको निर्वाचन सक्नुपर्ने भएकाले सोहीअनुरुप लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
संविधानको पूर्ण कार्यान्वयनका लागि आगामी एक वर्षभित्रमा सबै तहको निर्वाचन गर्ने तयारी सरकारको छ, उहाँले भन्नुभयो – निर्वाचनका लागि आवश्यक पर्ने कानुनको संशोधन गर्नुपर्ने भएकाले त्यससम्बन्धी विधेयक संसद्मा पेस गरिएको र केही दिन भित्रैमा त्यसले मूर्तरुप पाउनेछन् ।
उपप्रधानमन्त्री निधीले सबै तयारी सकेर सरकारले वैशाख वा जेठको पहिलो सातामा नै चुनाव हुने मिति घोषणा गर्ने पनि बताउनुभयो ।
तत्कालीन नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायतले हस्ताक्षर गरेका विषय नै संशोधनका लागि दर्ता गरिएको बताउँदै उहाँले आफूले गर्दा राष्ट्रघात नहुने र आफू सरकार बाहिर रहेका बेला सत्ताधारीे पार्टीले संशोधन दर्ता गराउँदा राष्ट्रघात भयो भन्नु जायज नभएको धारणा व्यक्त गर्नुभयो ।
उपप्रधानमन्त्री निधीले एमालेले अनावश्यक रुपमा संविधान संशोधनको विषयलाई उचालेको टिप्पणी गर्दै नागरिकता र भाषाका विषयमा पनि सहमतिमा संशोधनलाई परिमार्जन गर्न सकिने बताउनुभयो ।
यसअघि उहाँले धौलागिरीका एकमात्र सहिद गोविन्दनाथ शर्माको सालिकमा माल्र्यापण गर्नुभएको थियो । सो अवसरमा उपप्रधानमन्त्री निधीले मुलुकका निम्ति बलिदानी दिने सहिदलाई सधैँ राज्यले सम्मान गर्ने बताउनुभयो ।रासस
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











