सिन्धुलीगढीको २५० औं विजयोत्सव भव्य रुपमा मनाइने
सिन्धुली, १७ माघ । सिन्धुलीमा शनिबार भएको विभिन्न क्षेत्रका ब्यक्तिहरुको भेलाले सिन्धुलीगढीमा अंग्रेजी सेनामाथि बिजय हासिल गरेको २५० औं विजयोत्सव भब्य रुपमा मनाउने निर्णय गरेको छ ।
समृद्ध सिन्धुली अभियानले आयोजना गरेको भेलामा राजनीतिक दल, उद्योग बाणिज्य संघ, पत्रकार महासंघ, जिल्ला विकास समिति, गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता थियो । भेलाले इतिहासमा एक पटक आउने २५० औं विजयोत्सवलाई भब्य बनाउन पत्रकार महासंघले सर्बपक्षीय भेला बोलाएर मुल समारोह आयोजक समिति गठन गर्ने निर्णय भएको छ ।
सिन्धुलीगढीमा बीर गोर्खाली सेनाले अंग्रेजी सेनालाई हराएको आगामी बर्ष २ सय ५० बर्ष पुग्दैछ । अभियानले त्यस अबसरमा बर्षैभर विबिध कार्यक्रम गरेर हर्षोल्लासपूर्वक मनाउने तयारी स्वरुप सिन्धुलीमाढीमा भेला गरेको हो ।
सिन्धुलीमाढीको भ्याली भ्यु होटलमा भएको भेलाले बिजय हासिल गरेको यथार्थ मिति पत्ता लगाउन पहल गर्ने निर्णय समेत गरेको छ । त्यतिञ्जेलसम्म हरेक कात्तिक २४ गते नै विजयोत्सव मनाइने भएको छ ।
अभियानले sindhuligadhi.com लाई आधिकारिक बेवसाइटका रुपमा घोषणा गरेको छ । उक्त वेवसाइटमा सिन्धुलीगढी सम्बन्धी सबै प्रकारका सामग्री अपलोड गरिने छ ।
अभियानले आगामी बर्ष २ सय २० जना ब्यवसायिक यात्रीसहितको तीन दिने साइकल यात्रा गर्ने भएको छ ।राइड टु सिन्धुली नाम दिइएको उक्त साइकल यात्राको औपचारिक घोषणा आगामी माघ २८ गते काठमाडौमा गरिने भएको छ ।
भेलामा साइकल यात्रा २०१६ बारे बनेको बृत्तचित्र प्रदर्शन गरिएको थियो । त्यस अबसरमा साइकल यात्रामा भएको आम्दानी र खर्चको विवरण राइड टु सिन्धुलीगढीका संयोजक सौरभ ढकालले भेलामा प्रस्तुत गरेका थिए । भेलालेंं बिजयोत्सवका अबसरमा बर्षैभरि विभिन्न कार्यक्रम गर्ने छ । त्यसमा कलाकारिता, रंंगकर्म, चलचित्र निर्माण, निर्देशन, चित्रकारिता, फोटो पत्रकारिता, बृत्तचित्र निर्माण, गायन, सङ्गीत सिर्जना, साहित्य लेखनलगायत सिर्जनात्मक क्षेत्रमा सक्रिय स्रष्टा तथा सर्जकहरूसँग अन्तरक्रियासमेत गरिने अभियानका संयोजक लीलानाथ घिमिरेले जानकारी दिए ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












