कृषकका लागि बनाइएको तरकारी केन्द्रमा ठूला ब्यापारीको कब्जा
खोटाङ १७ माघ । सदरमुकाम दिक्तेलको हाटडाँडा र स–छितापोखरीस्थित पञ्चमीबजारमा निर्माण गरिएको फलफूल तथा तरकारी बिक्री केन्द्रमा जुत्ता, चप्पल र कपडा पसल पनि सञ्चालन गरिएको छ ।
ग्रामीण पहुँच कार्यक्रम र्यापले चार वर्षअघि निर्माण गरेको बिक्री केन्द्रमा अहिले जिल्लाका ठूला व्यापारीले जुत्ता, चप्पल र कपडा पसल सञ्चालन गर्ने गरेका हुन् ।
कृषकका लागि भनेर निर्माण गरिएका पक्की छाप्रामा अहिले ठूला व्यापारीले कब्जा जमाएर जुत्ता, चप्पल र कपडा पसल सञ्चालन गर्ने गरेको खाल्लेका नेत्रबहादुर कटवालले बताए ।
“हामी फलफूल तथा तरकारी व्यापारीले पाखामा सामान राखेर बिक्री गर्नुपर्ने बाध्यता छ ।” उनले भने – “ठूला व्यापारीको हेपाहा प्रवृत्तिप्रति सम्बन्धित निकायलाई जानकारी गराउँदासमेत सुनुवाइ भएको छैन ।”
दिक्तेलको हाटडाँडामा ७० लाख रुपैयाँ र स–छितापोखरीको पञ्चमीबजारमा ३० लाख रुपैयाँको लागतमा पक्की छाप्रा, शेड, सडक, खानेपानी, ढल, शौचालय, पशु बधशाला बनाइएको छ । जिल्लाको अर्थोपार्जन र विनिमयको प्रमुख माध्यम मानिएको कृषि व्यवसायलाई व्यवस्थित ढङ्गले बिक्री वितरण गर्न दुवै ठाउँमा पूर्वाधार निर्माण गरिएको हो ।
बाह्र रोपनी क्षेत्रफल ओगटेको दिक्तेलको हाटडाँडामा निर्माण गरिएका सबै टहरामा ठूला व्यापारीले कब्जा जमाएपछि कतिपय कृषकले उत्पादन गरेको कृषि उपज हटियामा बिक्री हुने मूल्यको आधा मूल्यमा व्यक्तिले खोलेका बिक्री केन्द्रमा लगेर बेच्नुपर्ने बाध्यता रहेको किसानहरुको गुनासो छ ।
कृषि उपज बाहिर पाखामा नै राखेर बिक्री गर्दा पनि छाप्रोमा राख्नेले जत्तिकै शुल्क बजार व्यवस्थापन समितिलाई तिनुपर्ने बाध्यता रहेको कृषक बताउँछन् । “हिउँदको समयमा त जसोतसो बाहिरै राखेर भए पनि बिक्री गरिन्छ ।” एक कृषकले भने – “वर्षाको समयमा बाहिर राखेर बिक्री गर्नुपर्दा सबैभन्दा बिजोग हुन्छ ।”
दिक्तेलमा लाग्ने हटियालाई व्यवस्थित गर्न आफूहरु लागिरहेको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष राजेन्द्र लयालुले जानकारी दिए । “अव्यवस्थित हटियामा बिचौलियासमेत मौलाएको छ ।” उनले भने – “बिचौलिया नियन्त्रण गर्दै हटियालाई व्यवस्थित गर्न वाणिज्य सङ्घ लागिपरेको छ ।”
जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको हाटडाँडामा प्रत्येक हप्ताको बुधबार र शनिबार तथा दक्षिणी क्षेत्रमा पर्ने पञ्चमीबजारमा १५\१५ दिनमा हटिया लाग्ने गरेको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












