आत्मनिर्भर बन्दै सुर्खेतका महिला
सुर्खेत २० माघ । जीवनमा कति दिन सुख त कति दिन दुःखले विताउन बाध्य छन् महिलाहरु । गरिबीले घेरिएका समाजका महिलाहरु अझै पनि घरेलु हिंसाको चपेटामा पर्ने गरेका छन् ।
त्यही जीवनलाई कसरी सहज रुपमा चलाउने भन्ने सोचिरहेकाछन् सुर्खेतका महिलाहरु । पछिल्लो समय सामाजिक कुसस्कारलाई निमिट्यान्ट मार्दै महिलाहरुले आफ्नो जीवन सहज बनाउन थालेका छन् ।
सुर्खेतको गढी गाविस वडा नं ८ थाली निवासी ललिता धामी अहिले ३० वर्षकी भइन । १७ वर्षको उमेरमा मागी विवाह गरेकि उनी पारिवारिक बन्धनमा बाधिइन । परिवारमा आर्थिक अवस्था कमजोर भएकोले बिहान बेलुका के खाने के लाउने पीडाले उनलाई सताउथ्यो ।
समाजले हेप्ने,कमजोर ठान्थे, कसैले नपत्याउने गर्दा उनलाई जीवन चलाउन निकै गह्रो महसुस हुन्थ्यो । यसरी कठिन रुपम वितिरहेको उनको जीवन स्टा«ेमा फाउण्डेशनको आर्थिक सहयोगमा र किर्डाक नेपालले सबल कार्यक्रम अन्तरगर्त संवाद कार्यक्रम संचालन गरेपछि उनको जीवनमा केही सहजता आयो ।
समाजले नकारात्मक रुपले हेर्ने दृष्किोण मेटाउन र आर्थिक स्थितीलाई सुधार्न उनलाई यही कार्यक्रमले सहयोग ग¥यो । ललितले संवाद सहजकर्ताका रुपमा काम गरिरहेकिछन । विभिन्न तालिम लिएपछि उनल १० वटा जीवन उपयोगी सीपहरु सिक्न र बुझन पाइन । त्यसपछि उनको आत्मवल बढ्दै गयो । अहिले उनको जीवन सहज बन्दै गएको छ । ‘‘अहिले आत्मबल बढेको छ,’ उनले भनिन्–‘जीवन कसरी चलाउनुपर्छ भन्ने कुरा सिके, समाजको नकरात्मक सोच पनि हट्दै गएको छ ।’’
त्यसै गरी वडा नागरिक मञ्चको संयोजक, स्थानीय सरकारकाने जबाफदेहिता अभिवृद्धिमा पत्रकारिताको संवाददाता समेत रहेर काम गर्ने ललिताले गाविस योजना तर्जुमामा सहभागी भई समुदायका किशोर किशोरी र महिलाहरुका लक्षित बजेटको प्रभावकारी कार्यान्वयनका लागि आवाज उठाउदै आएकी छन । उनले समुदायका सामाजिक कामसंगै घरमा ३ वटा भैसी, २ वटा गोरु,४ वटा बाख्रा पालन गरेकिछन् । भैसीको दुधबाट मात्रै मासिक १० हजार २ सय ६० आर्यआर्जजन गदै आएकी छन ।
यस्तै कुनाथरी गाविस वडा नं ५ की चन्द्रा गौतम पनि त्यस्त पीडा र संघर्षबाट अहिले सामाजिक काममा लागेकिछन् । उनी पनि सबल कार्यक्रम अन्तरगत संवाद केन्द्रमा सहजकर्ताको रुपमा काम गरिरहेकीछन् । उनले यसकै माध्यमबाट जीवनउपयोगी सीप सिकेर धेरै उपलब्धी हासिल गरेको बताइन ।
सामाजिक कुरितिका विरुद्ध अभियान चलाउनेदेखि जीवीकोपार्जन सीपका छलफल चलाउने काम गर्ने गरेकि चन्द्राले नचेतनामुलक कार्ययोजना र आयआर्जनमुलक कार्ययोजना बनाइ कार्यान्वयन गरेको बताइन ।
उनले अहिले विद्यालय भर्ना अभियान संचालन गर्ने, बालविवाह, बहुविवाह विरुद्धका अभियान चलाउने काम गर्ने गरेको बताइन । यसका साथै अहिले ६ जना किशोरीहरु आर्यआर्जन बाख्रा पालन कुखुरा पालन पसल बेमौसमी तरकारी खेति ,सिलाईकटाई गरि जिवीकोपार्जन गदै आएको उनले बताइन ।
बेलचौर स्वाबलम्बन आमा समुहकी सदस्य, मसिना सामुदायिक वनकी अध्यक्ष सफलता उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष,सरस्वती निम्नमाध्यमिक विद्यालयकी व्यवस्थापन समिती सदस्य,बालविकास केन्द्रकी सहजकर्ता लगायत विभिन्न संस्थामा आबद्ध रहेकी चन्द्रा आर्थिक रुपमा समेत सबल बनेकिछन । उनले अहिले कुखुरा पालन र बाख्रापालन व्यवसाय गरिरहेकिछन् । उनीहरु मात्र नभई अहिले स्थानीय धेरै महिलाहरु सामाजिक कुसस्कारका विरुद्ध लड्दै आर्थिक रुपमा सबल पनि बन्न थालेकाछन् ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












