चितवनमा यसरी सकिदैछ खेतीयोग्य जमीन, जग्गाको मूल्य बढेपछि खेती मासेर घडेरी बनाउँदै बेच्दै
चितवन,२१ माघ । चार वर्ष अघि भू–उपयोग नीति बने पनि ऐन आउन नसक्दा कृषियोग्य जमिन अव्यवस्थित रुपमा खण्डीकरण भएको छ ।
भूकम्प र तराई आन्दोलनको न्यून प्रभाव, शिक्षा, स्वास्थ्य, यातायात, खानेपानीजस्ता सुविधाका कारण धेरैको रोजाइ चितवन हुने गरेको छ । जमिनमुनिबाट सहजै पानी तानेर सिँचाइ गर्न सकिने हुँदा अन्नको भण्डारका रुपमा समेत चितवनलाई लिइन्छ । यसका साथै पर्यटकीय गन्तव्यका कारण पनि चितवन रोजाइमा पर्छ ।
तर पछिल्लो समय कृषियोग्य जमिन अव्यवस्थित ढङ्गबाट खण्डीकरण हुँदै गएपछि जिल्लाको भविष्यबारे चिन्ता व्यक्त गर्न थालिएको छ । लहलहाउँदो खेती मासेर गिट्टी छरेर बाटो काट्ने क्रम बढ्दो छ । बाहिरी जिल्लाका व्यापारीले किनेका ठूला जग्गा बाझो नै छ ।
गत वर्षभन्दा यस वर्षको छ महिनामा १० हजारभन्दा बढी जग्गाको रजिस्ट्रेसन पास भएको छ । मालपोत कार्यालय भरतपुरको तथ्याङ्क अनुसार चालु आवको पहिलो छ महिनामा २६ हजार ७२० वटा लिखत रजिस्ट्रेसन भएको छ भने रु ७० करोड ३५ लाख ५५ हजार राजस्व सङ्कलन भएको छ ।
गत आवको सोही अवधिमा १६ हजार ६६२ लिखत रजिस्ट्रेसन भई रु ४१ करोड ८८ लाख २३ हजार राजस्व सङ्कलन भएको थियो । तथ्याङ्कलाई हेर्दा जग्गा खरिद बिक्री निकै बढेको देखिन्छ । जग्गाको मूल्य बढेसँगै केरा, तरकारी, तेलहनलगायतका बाली आफैँ लगाएका र भाडामा दिएका खेतीयोग्य जमिन खण्डीकरण गरेर बिक्री हुँदै आएको छ ।
मालपोत कार्यालय भरतपुरका प्रमुख दिवाकर पौडेल सहरी विकास र स्थानीय निकायले सिफारिस गरे अनुरुप नै आफूहरुले काम गर्दै आएको बताउँछन्। भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बराल ऐनको अभावमा खेतीयोग्य जमिनलाई रोक्न नसकिएको बताउँछन्।
खेतीयोग्य जमिन खण्डीकरण भइरहेको स्वीकार गर्दै उनले पछिल्लो समय बाटोको मापदण्ड तोकिएको, खुल्ला ठाउँ अनिवार्य गरिएको, बाटो काट्दा घुम्तीमा ठाउँ छोड्न लगाइएको बताए । यद्यपि कृषि र व्यावसायिक क्षेत्र अलग गर्न ऐनको अभावमा नसकिएको उनको भनाइ छ ।
खण्डीकरण अत्याधिक बढ्दा खेतीयोग्य क्षेत्रमा घर बनाउन असुरक्षित हुने हुँदा ऐन आउनु अघि नै दैविक प्रकोपको कारण रोक्ने विषयमा छलफल भइरहेको उनले बताए । भरतपुर उपमहानगरपालिका नगर विकास समितिका अध्यक्ष ईश्वरी पौडेल जिल्लामा जग्गाको खण्डीकरण अस्वाभाविक रुपमा बढेको बताए ।
सबै नगरपालिकालाई एउटै छातामुनि राखेर विसं २०७२ को बस्ती विकासको निर्देशनअनुरुप काम गर्न उनले आग्रह गरे । “समयमै खण्डीकरण रोक्न नसके दीर्घकालीन रुपमा नराम्रो प्रभाव पर्छ,” उनले भने ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले ऐनको अभावमा खेतीयोग्य जमिन खण्डीकरण रोक्न नसकिएको बताउँदै स्थानीय समेत सचेत हुनुपर्ने बताए । “अहिले कानुनले जे जति अधिकार दिएको छ, त्यसलाई प्रयोग गरी सकेसम्म अव्यवस्थित खण्डीकरण रोक्न पहल गर्छु,” उनले भने।
भूमिसुधार मन्त्रालयको बसोबास शाखाका उपसचिव गोपाल गिरी भूउपयोग ऐन बनेर कानुन मन्त्रालयमा विचाराधीन रहेको बताए । मन्त्रालयमा रहेको ऐन त्यहाँबाट मन्त्रिपरिषद् हुँदै संसद्बाट टुङ्गो लाग्ने गर्दछ । कानुन मन्त्रालयमा कामको चाप बढी भएकाले ढिलाइ भएको भन्दै उहाँले ऐन पारित भएसँगै सबै समस्या हल भएर जाने बताए।
सरकारले विसं २०६९ वैशाख ४ गते राष्ट्रिय भू–उपयोग नीति स्वीकृत गरेको थियो । नीतिमा भूमिलाई बनोट, क्षमता, उपयुक्तता र आवश्यकताका आधारमा वर्गीकरण गर्ने, सो बमोजिम उपभोगका लागि भू–उपयोग योजना तयार गरी कार्यान्वयन गर्ने उल्लेख छ ।
भूमि तथा भूमिस्रोतको महत्व उपयोगका लागि कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, वन, सार्वजनिक उपयोग र आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्र गरी भूमिको वर्गीकरण गर्ने नीतिमा उल्लेख छ ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












