म्याग्दीकाली दोभानबाट ५०० वाट बिजुली उत्पादन
म्याग्दी, २१ माघ । कालीगण्डकी ऊर्जा विकास उपभोक्ता समितिको पहलमा म्याग्दी र कालीगण्डकीको सङ्गमस्थल बेनीको दोभानबाट ५०० वाट क्षमताको बिजुली उत्पादन गरिएको छ ।
बेनी नगरपालिकाको रु ५० हजार आर्थिक सहयोग र उपभोक्ता समितिको रु चार लाख ५० हजार गरी कुल पाँच लाखको लागतमा विद्युत् उत्पादन गरी बेनी बजारका बैंकरोड, सङ्गमचोक, इन्द्रणीटोल, आवारोड, बैंकरोडको भित्री गल्लीलगायतका स्थानमा बिजुली बालिएको समितिका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार ऊर्जाको क्षेत्रमा लामो समय काम गरी अनुभव बटुल्नु भएका प्राविधिक दुर्गाप्रसाद श्रेष्ठको योजना र प्राविधिक सहयोगमा बिजुली उत्पादन गरिएको हो । प्राविधिक श्रेष्ठले यसअघि पनि कालीगण्डकी नदीबाट व्यक्तिगत लगानीमा बिजुली उत्पादन गर्नुभएको थियो ।
प्राविधिक श्रेष्ठको सीपलाई सदुपयोग गरी आवश्यक लगानीको व्यवस्था गर्नसके म्याग्दी र कालीगण्डकी नदीबाट बेनी बजारलाई आवश्यक पर्ने बिजुली उत्पादन गर्न सकिने कालीगण्डकी ऊर्जा विकास उपभोक्ता समितिका सचिव रुद्रप्रसाद सुवेदीले बताउनुभयो । “यसलाई निरन्तरता दिन सबैले सहयोग गर्नुपर्ने आवश्यकता छ” सचिव सुवेदीले भन्नुभयो ।
“जिल्ला विकास समिति, नगरपालिका, उपभोक्ता समिति, स्थानीयवासीलगायत सम्बन्धित निकाय र सङ्घसंस्थाको पहलमा आवश्यक बजेट व्यवस्था गरी विद्युत् उत्पादन कार्यलाई निरन्तरता दिनुका साथै थप क्षमता विस्तारमा पहल गर्नु आवश्यक देखिएको छ” अध्यक्ष श्रेष्ठले भन्नुभयोे ।
बेनीबजारमा अहिले पनि दैनिक एक घन्टाभन्दा बढी समय विद्युत् भार कटौती हुँदै आएको छ । यो प्रविधि विशेष गरी विद्युत् भार कटौतीको समयमा उपयोगी हुने देखिएको स्थानीयले बताएका छन् । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












